ठेकेदारसँग बैंक खातामार्फत घुस लिने भवन निर्माण विभागका इन्जिनियर पक्राउ « Khabarhub

ठेकेदारसँग बैंक खातामार्फत घुस लिने भवन निर्माण विभागका इन्जिनियर पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठेकेदार कम्पनीसँग बैंक खाता मार्फत घुस रकम माग गर्दै शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर पक्राउ परेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत इलामस्थित डिभिजनल कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर बस्नेतलाई पक्राउ गरेको हो ।

इन्जिनियर बस्नेतले झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल बनाइ भुक्तानी गर्ने प्रयोजनका लागि ठेकेदार कम्पनीसँग घुस माग गरेका थिए ।

अख्तियारले गरेको प्रारम्भिक छानबिनका क्रममा उनले बैंक खातामार्फत ठेकेदार कम्पनीसँग घुस रकम माग्ने गरेका थिए ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले ठेकेदारसँग घुस लिएको विषयमा थप अनुसन्धानका लागि इन्जिनियर बस्नेतलाई नियन्त्रणमा लिइएको बताए ।

अख्तियारका प्रवक्ता कोइरालाका अनुसार इन्जिनियर बस्नेतले बैंक खातमार्फत घुस रकम माग्ने गरेका कारण उनले लिएको घुस रकमबारे यकीन हुन सकिएको छैन । विभिन्न बैंकमा भएका उनका खाताको विवरण शंकलन गरी उनले लिएको घुस रकमबारे अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : ४३ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा