साढे १३ लाख नगद र ८० लाखको चेकसहित काठमाडौंबाट ४ जना हुण्डी कारोबारी पक्राउ « Khabarhub

साढे १३ लाख नगद र ८० लाखको चेकसहित काठमाडौंबाट ४ जना हुण्डी कारोबारी पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुण्डी कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले काठमाडौंको न्यूरोडबाट ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका भित्र हुण्डी कारोबार गर्ने गिरोह नै सक्रिय रहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार न्यूरोडबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ इन्द्रचोक बस्ने ४० वर्षीय गोपाल अग्रवाल, सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३१ वर्षी भोला नेपाल, काठमाडौंको ताहचल घर भएका ३९ वर्षीय कमल अग्रवाल र सुनसरीको धरान भर भएका ५३ वर्षीय नारायण कुमार अग्रवाल छन् ।

प्रहरीले पक्राउ परेका भोला नेपालको साथबाट नगद ९ लाख ५० हजार तथा ६४ लाख ९९ हजार रुपैयाँ बराबरको विभिन्न बैंकको चेक र एनएस ट्रेडका सञ्चालक समेत रहेका कमल अग्रवालको साथबाट नगद २ लाख र १४ लाख बराबरको विभिन्न बैंकको चेक बरामद गरेको छ ।

यस्तै, नारायण कुमार अग्रवालको साथबाट २ लाख २ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका ४ जनाको साथबाट कूल १३ लाख ५२ हजार नगद र ७९ लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न बैंकको चेकहरु बरामद गरिएको जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ४४ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा