थियटर मलमा ‘जामुनको रुख’ « Khabarhub

थियटर मलमा ‘जामुनको रुख’


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कीर्तिपुरको राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुख: सेमलेस भल्गारिटी’को मञ्चन शुरु गरिएको छ ।

यो नाटक कृष्ण चन्दरको कथामा आधारित छ । नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको यो नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन शुरु गरिएको हो । गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको उद्घाटन भएको थियो ।

यस बीचमा विभिन्न कार्यशाला तथा केही नाटकहरु मञ्चन भएपनि नियमित मञ्चन भने ‘जामुनको रुख’बाट भएको हो ।

हाँस्यव्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको ७० मिनेट लामो नाटक सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि शुरु हुन्छ ।

रुखले थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरुलाई जिम्मेवारी पन्छाउँदै गरेको अवस्थाबाट नाटकको कथा अघि बढ्छ । अझै थिचिएको मान्छेप्रतिभन्दा ठिक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ ।

‘जामुनको रुख’ वर्तमान जटिल र बिसङ्गत सामाजिक– राजनीतिक अवस्थाको कथा भनिएको छ । पद र शक्तिमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथा हो । वर्तमान समयमा खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको व्यङ्ग्यका रुपमा यो नाटकलाई लिइएको छ ।

नाटकलाई निर्देशकले दिएको अंग्रेजी सबटाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् लाजविहिन अश्लीलता सार्थक लाग्छ ।

उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’जस्तै नाटकलाई पनि सरल र सरस रुपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ । त्यति हुँदाहूँदै नाटक सकिँदासम्म दर्शकलाई गम्भीर बनाएर मञ्चमा नाटकको अन्तिम प्रकाश निभ्छ ।

निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘तर हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो । यसर्थ तपाईंको भौतिक आँखाले देखेका दृश्यहरुभन्दा पनि भयानक दृश्यहरु तपाईंको चेतन आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु ।’

एकदमै सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरुमा नाटकमा सटिक रुपमा उतारिएको छ । नाटकले प्रष्टै रुपमा नेपाली सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरीह अवस्थालाई चित्रण गरेको छ ।

आउँदो माघ ४ गतेसम्म हरेक दिन बेलुकी ४ः३० बजे र शनिबार दिउँसो २ बजे पनि मञ्चन हुने यो नाटकमा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन् ।

यही नाटकसँगै थिएटर मलमा मंगलबारदेखि ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी पनि शुरु हुँदैछ । सो प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारहरुका कलाहरुको प्रदर्शनी हुने थिएटर मलका कला संयोजक सुजिता महर्जन बताउँछिन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ६ : ०७ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा