थियटर मलमा ‘जामुनको रुख’ « Khabarhub

थियटर मलमा ‘जामुनको रुख’


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कीर्तिपुरको राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुख: सेमलेस भल्गारिटी’को मञ्चन शुरु गरिएको छ ।

यो नाटक कृष्ण चन्दरको कथामा आधारित छ । नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको यो नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन शुरु गरिएको हो । गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको उद्घाटन भएको थियो ।

यस बीचमा विभिन्न कार्यशाला तथा केही नाटकहरु मञ्चन भएपनि नियमित मञ्चन भने ‘जामुनको रुख’बाट भएको हो ।

हाँस्यव्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको ७० मिनेट लामो नाटक सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि शुरु हुन्छ ।

रुखले थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरुलाई जिम्मेवारी पन्छाउँदै गरेको अवस्थाबाट नाटकको कथा अघि बढ्छ । अझै थिचिएको मान्छेप्रतिभन्दा ठिक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ ।

‘जामुनको रुख’ वर्तमान जटिल र बिसङ्गत सामाजिक– राजनीतिक अवस्थाको कथा भनिएको छ । पद र शक्तिमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथा हो । वर्तमान समयमा खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको व्यङ्ग्यका रुपमा यो नाटकलाई लिइएको छ ।

नाटकलाई निर्देशकले दिएको अंग्रेजी सबटाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् लाजविहिन अश्लीलता सार्थक लाग्छ ।

उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’जस्तै नाटकलाई पनि सरल र सरस रुपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ । त्यति हुँदाहूँदै नाटक सकिँदासम्म दर्शकलाई गम्भीर बनाएर मञ्चमा नाटकको अन्तिम प्रकाश निभ्छ ।

निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘तर हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो । यसर्थ तपाईंको भौतिक आँखाले देखेका दृश्यहरुभन्दा पनि भयानक दृश्यहरु तपाईंको चेतन आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु ।’

एकदमै सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरुमा नाटकमा सटिक रुपमा उतारिएको छ । नाटकले प्रष्टै रुपमा नेपाली सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरीह अवस्थालाई चित्रण गरेको छ ।

आउँदो माघ ४ गतेसम्म हरेक दिन बेलुकी ४ः३० बजे र शनिबार दिउँसो २ बजे पनि मञ्चन हुने यो नाटकमा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन् ।

यही नाटकसँगै थिएटर मलमा मंगलबारदेखि ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी पनि शुरु हुँदैछ । सो प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारहरुका कलाहरुको प्रदर्शनी हुने थिएटर मलका कला संयोजक सुजिता महर्जन बताउँछिन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ६ : ०७ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा