अख्तियारका कर्मचारीलाई भारतमा भ्रष्टाचारविरुद्ध तालिम | Khabarhub Khabarhub

अख्तियारका कर्मचारीलाई भारतमा भ्रष्टाचारविरुद्ध तालिम


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारीको दोस्रो ब्याचको भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा प्रशिक्षण शुरु भएको छ ।

छ दिनसम्म चल्ने ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयक प्रशिक्षण आजदेखि शुरु भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

यसअघि आयोगकै २१ अधिकारीको पहिलो ब्याचले सोही युनिभरसिटीमा गत मङ्सिर ३० गतेदेखि यही पुस ५ गतेसम्म त्यही विषयमा प्रशिक्षण लिइसकेका छन् ।

सङ्कायका अनुभवी सदस्यबाट सञ्चालित सो प्रशिक्षण नेपाली अधिकारीका लागि अत्यन्तै फलदायी रहेकोे दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । नेपाल सरकारको आग्रहमा आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिमा अङ्कुश लगाउन एवं सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ ।

मुख्यतः भ्रष्टाचारका कारकको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिमा यो कोर्ष केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कोर्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधि सिक्नलाई मद्दत गर्नेछ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिको पहिचान, निवारण एवं कानूनी कारवाही गर्न अधिकारीलाई सक्षम बनाउने दूतावासले जनाएको छ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ४५ बजे

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि