नापी कार्यालय पर्साका सर्भेक्षक ७५ हजार घुससहित पक्राउ « Khabarhub

नापी कार्यालय पर्साका सर्भेक्षक ७५ हजार घुससहित पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ ।

जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार घुससहित रङ्गे हात पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नं नापी टोली कार्यालयमा सेवाग्रहीसँग रु ७५ हजार घुस रकम लिँदै गरेको अवस्थामा आज बेलुकी ६ः३० बजे रङ्गे हात सर्वेक्षक पासवालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

सेवाग्रहीले दिएकोे सूचना तथा उजूरीका आधारमा कारवाही गर्दा सर्वेक्षक पासवान रङ्गे हात पक्राउ परेको बताइएको छ । पक्राउ परेका सर्वेक्षक पासवानलाई आवश्यक अनुसन्धानका लागि आजै मकवानपुर लैजाने तयारी आयोगले गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ५० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका