यसपालीको भ्यालेन्टाइनका कसकसलाई आउला प्रेम प्रस्ताव ? | Khabarhub Khabarhub

यसपालीको भ्यालेन्टाइनका कसकसलाई आउला प्रेम प्रस्ताव ?


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस हरेक बर्ष अंग्रेजी महिनाको फेब्रुअरी १४ मा विश्वभर मनाइन्छ ।

यस दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिई प्रेम प्रस्ताव राख्ने तथा प्रेम दर्शाउने गरिन्छ । अन्य बेला प्रेम प्रस्ताव राख्न नसकेकाहरुले भ्यालेन्टाइन डेलाई प्रेम प्रस्ताव राख्न सहारा लिने गरेका छन् ।

यस अवस्थामा कुन राशिका लागी कस्तो रहनेछ त यो प्रेमदिवस हेरौ राशि अनुसार ।

१. मेष राशि
मेष राशिका जातकलाई यस पटकको भ्यालेन्टाइन खासै राम्रो रहदैन । माया गरेको वा मन परेका मानिससंग विछोड हुने संभावना रहन्छ । नयाँ प्रेम प्रस्तावमा झट्ट विश्वास गर्नु राम्रो हुदैन । तर विवाहका लागी भने राम्रो प्रस्ताव आउने भएकाले विवाह गर्दा उत्तम हुन्छ ।

२. वृष राशि
यस पटकको भ्यालेन्टाइन वृष राशिका जातकका लागी धेरै अनुकूल साबित हुनेछ । नयाँ आउने प्रस्तावमा भन्दा पहिलेदेखि मन पराएका ब्यक्तिले गर्ने प्रस्ताव स्विकार्नु उत्तम हुन्छ । विवाहका लागी संयोग जुरे पनि कुण्डली मिलाएर मात्र तयारी गर्नुहोला ।

३. मिथुन राशि
मिथुन राशिका जातक लागी यो भ्यालेन्टाइन निकै राम्रो हुनेछ । आफुले मन पराएको मान्छेबाटै प्रेम प्रस्ताव आउन सक्छ । तर प्रस्ताव गर्ने ब्यक्ति बोलीमा मात्र नभई ब्यवहारमा पनि राम्रो छ छैन त्यो हेर्नुहोला । विवाह गर्न राम्रो समय बनिसकेको छैन ।

४. कर्कट राशि
कर्कट राशिका जातकका लागी यो भ्यालेन्टाइन निकै राम्रो रहेको छ । प्रशस्त प्रेम प्रस्ताव आउने संभावना छ । तर आफुलाई सम्मान तथा कदर गर्ने साथिको मात्र प्रस्ताव स्विकार्नु होला । अन्यथा लामो समयसम्म प्रेम नटिक्न सक्छ ।

५. सिंह राशि
सिंह राशिका जातकका लागी यस पटकको भ्यालेन्टाइन औसत मात्र रहने छ । लव लाइफ निकै उतार चढाव आउने छ । मन अनुकुलको पार्टनरबाट प्रस्ताव आउने संभावना कम छ । साथै विवाहका लागी पनि यो समय उत्तम छैन ।

६. कन्या राशि
कन्या राशिका जातकलाई यो भ्यालेन्टाइन पुरानो प्रेम वा दांपत्य जीवनमा रमाउनु पर्ने रहेको छ । कुनै नयाँ प्रस्ताव आएपनि त्यसलाई नस्विकार्नु होला । यो लामो समयसम्म टिक्न सक्दैन । साथै विवाहको अनुकुल प्रस्ताव आए स्विकार्नु उपयुक्त समय छ ।

७. तुला राशि
यस पटकको भ्यालेन्टाइन तुला राशिका लागी सामान्य मात्र रहनेछ । आफुमा हिम्मत जुटाउन नसक्दा मन परेको ब्यक्तिलाई प्रस्ताव राख्न सकिने छैन । साथै पुरानो प्रेम छुट्ने संभावना हुनसक्छ । विवाहको प्रस्ताव नस्विकार्नु नै वेश हुन्छ ।

८. वृश्चिक राशि
वृश्चिक राशिका लागी यस पटकको भ्यालेन्टाइन सबैभन्दा उत्तम समय रहेको छ । मन परेको मानिसलाई प्रस्ताव राखेमा स्विकार हुने संभावना छ । नयाँ नयाँ प्रस्ताव समेत प्रशस्त मात्रामा आउनेछ । मन परेको मानिसले विवाहको प्रस्ताव राख्न सक्नेछन् ।

९. धनु राशि
धनु राशिका जातकलाई यस पटकको भ्यालेन्टाइनमा अपरीभित ब्यक्तिबाट प्रेम प्रस्ताव आउने संभावना छ । यदि सबै अनुकुल भएमा र विश्वास योग्य भएमा उक्त प्रस्ताव स्विकार्दा कुनै फरक पर्दैन । तर विवाहको प्रस्ताव भने तत्काल नस्किार्नु होला ।

१०. मकर राशि
यस पटकको भ्यालेन्टाइनमा मकर राशिका ब्यक्तिलाई आफु निकटकै ब्यक्तिबाटै प्रेम प्रस्ताव आउने संभावना छ । चिनजान तथा आसपासकै ब्यक्ति हुने भएकाले उक्त प्रस्ताव स्विकार्दा फरक पर्दैन । साथै विवाहको प्रस्ताव भएमा अनुकुलता अनुसार स्विकार्नु उत्तम हुन्छ ।

११. कुम्भ राशि
कुम्भ राशिका जातकबाट यस पटक पुरानो प्रेम खोसिने र नयाँ प्रेमको शुरुवात गराउने संभावना रहेको छ । आफुले देखेको ब्यक्तिबाटै आउने प्रस्ताव स्विकार्दा फरक पर्दैन तर पुरानो प्रेम सकेसम्म टिकाउनु नै उत्तम हुन्छ । विवाहको प्रस्ताव नस्किार्नु होला ।

१२. मीन राशि
यस पटकको भ्यालेन्टाइन मिन राशिका जातकलाई आफुलाई मन परेको ब्यक्तिबाट प्रस्ताव नआउनाले मन खिन्न हुनेछ । साथै प्रेम वियोगको संभावना समेत रहेको छ । तर नयाँ र अपरीचित ब्यक्तिको प्रस्ताव भने आउने छ । विवाहको प्रस्ताव नस्विकार्नु वेश हुन्छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ५८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका