यसपालीको भ्यालेन्टाइनका कसकसलाई आउला प्रेम प्रस्ताव ? « Khabarhub

यसपालीको भ्यालेन्टाइनका कसकसलाई आउला प्रेम प्रस्ताव ?


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस हरेक बर्ष अंग्रेजी महिनाको फेब्रुअरी १४ मा विश्वभर मनाइन्छ ।

यस दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिई प्रेम प्रस्ताव राख्ने तथा प्रेम दर्शाउने गरिन्छ । अन्य बेला प्रेम प्रस्ताव राख्न नसकेकाहरुले भ्यालेन्टाइन डेलाई प्रेम प्रस्ताव राख्न सहारा लिने गरेका छन् ।

यस अवस्थामा कुन राशिका लागी कस्तो रहनेछ त यो प्रेमदिवस हेरौ राशि अनुसार ।

१. मेष राशि
मेष राशिका जातकलाई यस पटकको भ्यालेन्टाइन खासै राम्रो रहदैन । माया गरेको वा मन परेका मानिससंग विछोड हुने संभावना रहन्छ । नयाँ प्रेम प्रस्तावमा झट्ट विश्वास गर्नु राम्रो हुदैन । तर विवाहका लागी भने राम्रो प्रस्ताव आउने भएकाले विवाह गर्दा उत्तम हुन्छ ।

२. वृष राशि
यस पटकको भ्यालेन्टाइन वृष राशिका जातकका लागी धेरै अनुकूल साबित हुनेछ । नयाँ आउने प्रस्तावमा भन्दा पहिलेदेखि मन पराएका ब्यक्तिले गर्ने प्रस्ताव स्विकार्नु उत्तम हुन्छ । विवाहका लागी संयोग जुरे पनि कुण्डली मिलाएर मात्र तयारी गर्नुहोला ।

३. मिथुन राशि
मिथुन राशिका जातक लागी यो भ्यालेन्टाइन निकै राम्रो हुनेछ । आफुले मन पराएको मान्छेबाटै प्रेम प्रस्ताव आउन सक्छ । तर प्रस्ताव गर्ने ब्यक्ति बोलीमा मात्र नभई ब्यवहारमा पनि राम्रो छ छैन त्यो हेर्नुहोला । विवाह गर्न राम्रो समय बनिसकेको छैन ।

४. कर्कट राशि
कर्कट राशिका जातकका लागी यो भ्यालेन्टाइन निकै राम्रो रहेको छ । प्रशस्त प्रेम प्रस्ताव आउने संभावना छ । तर आफुलाई सम्मान तथा कदर गर्ने साथिको मात्र प्रस्ताव स्विकार्नु होला । अन्यथा लामो समयसम्म प्रेम नटिक्न सक्छ ।

५. सिंह राशि
सिंह राशिका जातकका लागी यस पटकको भ्यालेन्टाइन औसत मात्र रहने छ । लव लाइफ निकै उतार चढाव आउने छ । मन अनुकुलको पार्टनरबाट प्रस्ताव आउने संभावना कम छ । साथै विवाहका लागी पनि यो समय उत्तम छैन ।

६. कन्या राशि
कन्या राशिका जातकलाई यो भ्यालेन्टाइन पुरानो प्रेम वा दांपत्य जीवनमा रमाउनु पर्ने रहेको छ । कुनै नयाँ प्रस्ताव आएपनि त्यसलाई नस्विकार्नु होला । यो लामो समयसम्म टिक्न सक्दैन । साथै विवाहको अनुकुल प्रस्ताव आए स्विकार्नु उपयुक्त समय छ ।

७. तुला राशि
यस पटकको भ्यालेन्टाइन तुला राशिका लागी सामान्य मात्र रहनेछ । आफुमा हिम्मत जुटाउन नसक्दा मन परेको ब्यक्तिलाई प्रस्ताव राख्न सकिने छैन । साथै पुरानो प्रेम छुट्ने संभावना हुनसक्छ । विवाहको प्रस्ताव नस्विकार्नु नै वेश हुन्छ ।

८. वृश्चिक राशि
वृश्चिक राशिका लागी यस पटकको भ्यालेन्टाइन सबैभन्दा उत्तम समय रहेको छ । मन परेको मानिसलाई प्रस्ताव राखेमा स्विकार हुने संभावना छ । नयाँ नयाँ प्रस्ताव समेत प्रशस्त मात्रामा आउनेछ । मन परेको मानिसले विवाहको प्रस्ताव राख्न सक्नेछन् ।

९. धनु राशि
धनु राशिका जातकलाई यस पटकको भ्यालेन्टाइनमा अपरीभित ब्यक्तिबाट प्रेम प्रस्ताव आउने संभावना छ । यदि सबै अनुकुल भएमा र विश्वास योग्य भएमा उक्त प्रस्ताव स्विकार्दा कुनै फरक पर्दैन । तर विवाहको प्रस्ताव भने तत्काल नस्किार्नु होला ।

१०. मकर राशि
यस पटकको भ्यालेन्टाइनमा मकर राशिका ब्यक्तिलाई आफु निकटकै ब्यक्तिबाटै प्रेम प्रस्ताव आउने संभावना छ । चिनजान तथा आसपासकै ब्यक्ति हुने भएकाले उक्त प्रस्ताव स्विकार्दा फरक पर्दैन । साथै विवाहको प्रस्ताव भएमा अनुकुलता अनुसार स्विकार्नु उत्तम हुन्छ ।

११. कुम्भ राशि
कुम्भ राशिका जातकबाट यस पटक पुरानो प्रेम खोसिने र नयाँ प्रेमको शुरुवात गराउने संभावना रहेको छ । आफुले देखेको ब्यक्तिबाटै आउने प्रस्ताव स्विकार्दा फरक पर्दैन तर पुरानो प्रेम सकेसम्म टिकाउनु नै उत्तम हुन्छ । विवाहको प्रस्ताव नस्किार्नु होला ।

१२. मीन राशि
यस पटकको भ्यालेन्टाइन मिन राशिका जातकलाई आफुलाई मन परेको ब्यक्तिबाट प्रस्ताव नआउनाले मन खिन्न हुनेछ । साथै प्रेम वियोगको संभावना समेत रहेको छ । तर नयाँ र अपरीचित ब्यक्तिको प्रस्ताव भने आउने छ । विवाहको प्रस्ताव नस्विकार्नु वेश हुन्छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ५८ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान