पार्टी उपसभापति गच्छादारविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसको आकस्मिक बैठक | Khabarhub Khabarhub

पार्टी उपसभापति गच्छादारविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसको आकस्मिक बैठक


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारीसहितका नतेा छलफलमा जुटेका छन् ।

पार्टी उपसभापति विजयकुमार गच्छादार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार(हिजो) ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले आकस्मिक रुपमा पदाधिकारीसहितका नेताको बैठक बोलाएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक बसिरहेको छ ।

बैठकमा पदाधिकारी बाहेक कांग्रेसका नेता कृष्ण सिटौला, मिनेन्द्र, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह लगायतका नेता सहभागी रहेको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

बैठकमा कांग्रेस निकटको डेमोक्रेटिक लयर एशोशिएशनका पूर्व अध्यक्षहरु, वार एशोसिएशनका नेपाली कांग्रेस निकटका कानून व्यवसायी लगातको सहभगीता रहेको छ ।

पार्टीका उपसभापति विरुद्ध मुद्दा दायर भएपछि कसरी अघि बढ्ने भन्ने विषमा बैठकमा छलफल भइरहेको एक जना नेताले जानकारी दिए ।

‘सरकारले प्रमुख प्रतिपक्षीमाथि आक्रमण गरेको जस्तो देखिएको छ’ कांग्रेसका एक पदाधिकारीले भने,‘अब कानूनी रुपमा कसरी जाने र त्यसको प्रतिवाद कसरी गर्ने भन्ने विषयमा छलफल थालिएको हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारसहित १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री ३ जना मन्त्री, ६ जना विशिष्ट श्रेणीका पदाधिकारी सचिवहरु र अन्य व्यक्ति गरी १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा बालुवाटारको ललिता निवास (कम्पाउण्ड) भित्र पर्ने २ सय ८४ रोपनी १४ आना, ३ पैसा क्षेत्रफलको जग्गामध्ये १ सय ३६ रोपनी जग्गा विभिन्न व्यक्ति तथा निजी संस्थाको नाममा नामसारी गरिएको पाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ११ : ५२ बजे

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका