पार्टी उपसभापति गच्छादारविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसको आकस्मिक बैठक « Khabarhub

पार्टी उपसभापति गच्छादारविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसको आकस्मिक बैठक


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारीसहितका नतेा छलफलमा जुटेका छन् ।

पार्टी उपसभापति विजयकुमार गच्छादार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार(हिजो) ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले आकस्मिक रुपमा पदाधिकारीसहितका नेताको बैठक बोलाएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक बसिरहेको छ ।

बैठकमा पदाधिकारी बाहेक कांग्रेसका नेता कृष्ण सिटौला, मिनेन्द्र, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह लगायतका नेता सहभागी रहेको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

बैठकमा कांग्रेस निकटको डेमोक्रेटिक लयर एशोशिएशनका पूर्व अध्यक्षहरु, वार एशोसिएशनका नेपाली कांग्रेस निकटका कानून व्यवसायी लगातको सहभगीता रहेको छ ।

पार्टीका उपसभापति विरुद्ध मुद्दा दायर भएपछि कसरी अघि बढ्ने भन्ने विषमा बैठकमा छलफल भइरहेको एक जना नेताले जानकारी दिए ।

‘सरकारले प्रमुख प्रतिपक्षीमाथि आक्रमण गरेको जस्तो देखिएको छ’ कांग्रेसका एक पदाधिकारीले भने,‘अब कानूनी रुपमा कसरी जाने र त्यसको प्रतिवाद कसरी गर्ने भन्ने विषयमा छलफल थालिएको हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारसहित १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री ३ जना मन्त्री, ६ जना विशिष्ट श्रेणीका पदाधिकारी सचिवहरु र अन्य व्यक्ति गरी १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा बालुवाटारको ललिता निवास (कम्पाउण्ड) भित्र पर्ने २ सय ८४ रोपनी १४ आना, ३ पैसा क्षेत्रफलको जग्गामध्ये १ सय ३६ रोपनी जग्गा विभिन्न व्यक्ति तथा निजी संस्थाको नाममा नामसारी गरिएको पाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ११ : ५२ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल