अख्तियारको मुद्दाबारे देउवा निवासमा कांग्रेस नेताहरूले गरे कानून व्यवसायीसँग छलफल « Khabarhub

अख्तियारको मुद्दाबारे देउवा निवासमा कांग्रेस नेताहरूले गरे कानून व्यवसायीसँग छलफल


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छादारविरुद्ध अख्तियारले दायर गरेको मुद्दाका बारेमा कानून व्यवसायीसँग छलफल गरेको छ ।

विहीवार(आज) पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारीसहितका शीर्ष नेताहरुको बैठकपछि कांग्रेसले उपसभापति गच्छादारमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको निष्कर्ष निकालेको हो ।

ललिता निवास प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीहरुलाई मुद्दा चलाइएको छैन तर विभागीय मन्त्री विरुद्ध मात्र मुद्दा चलाइएको छ किन ? भन्दै कांग्रेस नेताहरुले कानून व्यवसायीसँग जिज्ञासा राखेका थिए ।

जवाफमा कानून व्यवसायीहरुले भने यो राजनीतिक प्रकृतिको मुद्दा देखिएको तर आफूहरु कानूनी हिसावमा लड्न तयार रहेको बताएका स्रोतको भनाइ छ ।

बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्कीलगायत सहभागी थिए ।

कांग्रेस निकटका कानून व्यवसायी समेत सहभागी भएको बैठकमा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेसमेत छलफल भएको थियो । छलफलमा कानून व्यवसायीहरु प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी, लीलामणि पौडेल र एकराज पोखरेल सहभागी थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा बुधवार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा बाबुराम भट्टराईसमेतको मिलेमतोमा यति ठूलो भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ । तर, नीतिगत निर्णय भएको र आफ्नो क्षेत्राधिकारमा नपर्ने भएकाले मुद्दा दायर गर्न नसकिएको अख्तियारले जनाएको छ । तर विभागीय मन्त्री माथि मात्र प्रतिशोध साँधेको कांग्रेसका नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : ०६ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई