गच्छदारलाई फसाएको कांग्रेसको निश्कर्ष, डटेर सामना गर्ने « Khabarhub

गच्छदारलाई फसाएको कांग्रेसको निश्कर्ष, डटेर सामना गर्ने


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

सत्ता र शक्तिको आडमा सरकारले जथाभावी बल प्रयोग गरेको भन्दै कांग्रेसले आफ्ना नेता गच्छदारविरुद्धको मुद्धाका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

कांगेस केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

‘ उपसभापति गच्छादारमाथिको मुद्दा प्रतिशोध पूर्ण र कांग्रेसमाथिको सुनियोजित आक्रमण भएको निष्कर्ष बैठकले निकालेको छ’ नेता कार्कीले भने,‘राजनीतिक प्रतिशोध भएका कारण देशव्यापी रुपमा युवा विद्यार्थीलाई यसविरुद्ध डटेर लाग्न आह्वान गर्ने निर्णय भएको छ ।’

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकारले बदनियतपूर्ण र प्रतिशोध लिने सोचका साथ यो अभियान चालेको निष्कर्ष निकाल्दै सशक्त प्रतिकार गर्ने कांग्रेसले जनाएको छ ।

सरकारको रवैयाविरुद्ध सशक्त प्रतिकार गर्ने दाबी गर्दै आएको कांग्रेसले आफ्ना भ्रातृ संगठनलाई परिचालन गरी विरोध गर्ने निर्णय गरेको छ । त्यसका लागि आजै दिउँसो ३ बजे युवा विद्यार्थीसहित भ्रातृ संगठनको बैठक बसेर आवश्यक निर्णय लिइने कांग्रेसले जनाएको छ ।

युवा विद्यार्थीसहित भ्रातृ संगठनको बैठकको बैठकपछि पार्टीले पत्रकारसम्मेलनमार्फत आफ्नो धारणा र आगामी कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : २८ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई