चीनमा रहेका नेपाली ल्याउन अझै हप्ता दिन लाग्ने, कार्ययोजना बनाउन बल्ल समिति गठन | Khabarhub Khabarhub

चीनमा रहेका नेपाली ल्याउन अझै हप्ता दिन लाग्ने, कार्ययोजना बनाउन बल्ल समिति गठन


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन अझै एक साताको समय लाग्ने भएको छ ।

स्वदेश ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थानको व्यवस्थापन नहुँदा उनीहरुलाई ल्याउन अझै एक साता लाग्न सक्ने प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई जानकारी दिए ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली ल्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) भएको बैठकमा प्रधामन्त्री ओलीले १ साता भित्र स्वदेश ल्याउने नेपालीलाई राख्ने  स्थानको व्यवस्थापन गर्न समय सिमा दिइएको थापाको भनाइ ।

‘कोरोना भाइरसको विषयमा आज (बिहीबार) बालुवाटारमा बसेको बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वमा एउटा समिति गठन गरिएको छ,’ थापाले खबरहबसँग भने, ‘त्यो समितिले स्वदेश ल्याउने नेपाली राख्न हेरिएको सम्भावित ठाउँ हेरेर कसरी व्यवस्थापन गर्ने भन्ने कार्यायोना एकसाताभित्र बनाउनु भनेर प्रधानमन्त्रीज्युले निर्देशन दिनुभएको छ।’

थापाका अनुसार मुख्य सचिवको नेतृत्वको समितिले स्वदेश ल्याउने नेपालीलाई राख्ने ठाउँकाे व्यवस्थापन भएपछि मात्र चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याइने छ ।

कोरोना भाइरस प्रभावित चीनबाट स्वदेश फर्किने नेपालीलाई चार स्थानमा राखिने भनिएको छ । चीनमाट स्वदेश ल्याइने नेपालीलाई शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी ४ स्थानमा क्वारेन्टाइनमा राखिने भनिए पनि ती ठाउँमा आवश्यक व्यवस्थापन भने हुन सकेको छैन  ।

बिहीबार बालुवाटारमा बसेको  मन्त्री तथा उच्च सरकारी अधिकारीहरुको बैठकमा प्रधानमन्त्री ओलीले ती चार स्थानलाई व्यवस्थापन गर्ने समेत निर्देशन दिएका छन् ।

चीनमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्काउन आग्रह गर्दै चीनस्थित नेपाली दूतावासमा आइतबार नै आवेदन दिइसकेका छन् । चीनमा रहेका नेपाली विद्यार्थीहरुले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममाफर्त आफूहरुलाई छिटो स्वदेश फर्काउन सरकारसँग अपिल समेत गरेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म ५ सय ६३ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्र कोरोना भाइरस संक्रमितको संख्या २८ हजार नाघिसकेको छ ।

चिनियाँ पत्रिका चाइनाडेलीका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएको वुहान क्षेत्रमा मात्र १९ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । मृत्यु हुने अघिकांश व्यक्तिहरु वुहान क्षेत्रका छन् ।

 

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  २ : ५३ बजे

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ