पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित « Khabarhub

पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो ।

यद्यपि, विधियकमा उल्लेख गरिएको पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्नेसम्बन्धी बुँदा भने विधेयकबाट हटाइएको छ ।

विधेयकमाथिको छलफलका क्रममा विधायन व्यवस्थापन समितिले पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा थपेको थियो ।

तर, बिहीबारको बैठकमा राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले उक्त बुँदा हटाएर विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

संशोधन प्रस्तावमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले पनि समर्थन जनाएका थिए ।

बाँस्कोटाको समर्थनपछि विधेयकबाट पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा हटाउने संशोधन प्रस्ताव पारित भयो ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ३ : २७ बजे

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई