तराई-मधेस आउँदा माइतीघर आएजस्तो लाग्छ : प्रचण्ड | Khabarhub Khabarhub

तराई-मधेस आउँदा माइतीघर आएजस्तो लाग्छ : प्रचण्ड


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई तराई मधेस आउँदा माइतीघर आएजस्तो लाग्ने गरेको बताएका छन् । उनले हिमाल पहाड विनाको तराई-मधेस र तराई-मधेसविनाको हिमाल पहाड कल्पना नै गर्न नसकिने बताए ।

नेपाल भ्रमणवर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हाम्रो पार्टी र सरकारले तराई–मधेस विकास र समृद्धिमा जोड दिएको छ, तराई–मधेसबिनाको पहाड र पहाडबिनाको तराई–मधेसको कल्पना गर्न सकिन्न ।’

कार्यक्रममा प्रचण्डले तराई–मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बरु माइतीघर आए जस्तो लाग्ने गरेको बताएका छन् ।

तराई–मधेस, हिमाल–पहाडको एकता टुट्न नदिने जिम्मेवारी महसुस गरेको उल्लेख गर्दै आवश्यकताका आधारमा संविधानलाई परिमार्जन र संशोधन प्रक्रिया अगाडि बढाउने कुरामा पार्टी सकारात्मक रहेको उनले बताएका छन् ।

प्रचण्डले तराई–मधेस, पहाड र हिमाललाई आपसमा जोड्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताए ।

उनले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी तराई–मधेसबाट गरेको पनि स्मरण गरेका छन् । उनले आफ्ना लागि सिरहा चिरपरिचित जिल्ला भएको र दास्रोे संविधानसभा निर्वाचनमा आफू यही जिल्लाबाट विजयी भएको समेत उल्लेख गरे ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : १४ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल