तराई-मधेस आउँदा माइतीघर आएजस्तो लाग्छ : प्रचण्ड « Khabarhub

तराई-मधेस आउँदा माइतीघर आएजस्तो लाग्छ : प्रचण्ड


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई तराई मधेस आउँदा माइतीघर आएजस्तो लाग्ने गरेको बताएका छन् । उनले हिमाल पहाड विनाको तराई-मधेस र तराई-मधेसविनाको हिमाल पहाड कल्पना नै गर्न नसकिने बताए ।

नेपाल भ्रमणवर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हाम्रो पार्टी र सरकारले तराई–मधेस विकास र समृद्धिमा जोड दिएको छ, तराई–मधेसबिनाको पहाड र पहाडबिनाको तराई–मधेसको कल्पना गर्न सकिन्न ।’

कार्यक्रममा प्रचण्डले तराई–मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बरु माइतीघर आए जस्तो लाग्ने गरेको बताएका छन् ।

तराई–मधेस, हिमाल–पहाडको एकता टुट्न नदिने जिम्मेवारी महसुस गरेको उल्लेख गर्दै आवश्यकताका आधारमा संविधानलाई परिमार्जन र संशोधन प्रक्रिया अगाडि बढाउने कुरामा पार्टी सकारात्मक रहेको उनले बताएका छन् ।

प्रचण्डले तराई–मधेस, पहाड र हिमाललाई आपसमा जोड्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताए ।

उनले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी तराई–मधेसबाट गरेको पनि स्मरण गरेका छन् । उनले आफ्ना लागि सिरहा चिरपरिचित जिल्ला भएको र दास्रोे संविधानसभा निर्वाचनमा आफू यही जिल्लाबाट विजयी भएको समेत उल्लेख गरे ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : १४ बजे

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई