चितवन प्रिमियर लिगको उपाधिका लागि राप्ती र सौराहा भिड्ने « Khabarhub

चितवन प्रिमियर लिगको उपाधिका लागि राप्ती र सौराहा भिड्ने


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधीका लागि सराहा स्यान्ड्स र राप्ती र्‍यापिड्स भिड्ने भएका छन् ।

आज (बिहिबार) सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाज माथि रोमाञ्चक जीत हात पार्दै सौराहाले राप्तीसँगको उपाधी भिडन्त पक्का गरेको हो ।

क्याम्पाचौरमा भएको खेलमा भरतपुर गुर्खाजले दिएको ६ रनको लक्ष्य सौराहाले ३ बल बाँकी रहदा ८ विकेट गुमाएर पूरा ग¥यो । सौराहालाई अन्तिम ओभरमा जितका लागि १ रन आवश्यक थियो ।

अन्तिम ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै अनुज चनराले सौराहाको जित सुनिश्चित गरे । त्यसअघि राजेश ढकालले २ बलमा ४ चौका र एक चक्का प्रहार गर्दै ३४ रन बनाए । यस्तै आकाश चन्द ११ तथा प्रशान्त महत ९ रनमा पेभिलियन फर्किए । कसिलो बलिङ गरेपनी कमजोर फिल्डिङ भरतपुरको लागि महँगो सावित भयो ।

भरतपुरका चन्दन ठाकुरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि हात टार्न सकेनन् । उनले ४ ओभरमा १६ रन खर्चिए । यस्तै कप्तान संघर्ष पौडेलले २ विकेट तथा प्रतिश जिसीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भरतपुर १७ ओभर ४ बलमा ८५ रनमा अल आउट भएको थियो । सौराहाका बलर सामु भरतपुरका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् ।

भरतपुरका लागि बिबेक कुमार गुप्ताले २३ रन बनाए । उनले २२ बलमा ४ चौका प्रहार गरे । ओपनर निशव तिमल्सिनाले ४३ बलमा २० रन बनाए । यस्तै आशिष लम्साल १५ रनमा पेभिलियन फर्किए । मात्र ६ बल खेलेका लम्सालले एक चौका र एक छक्का प्रहार गरे । सौराहाका सुवर्ण भट्टले ३ विकेट लिए । लेग स्पिनर भट्टले ४ ओभरमा २३ रन खर्चिए । यस्तै अनुज चनरा र बिबेक पराजुलीले समान २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच सौराहाका लेग स्पिनर सुवर्ण भट्ट घोषित भए ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार ११ बजे शुरु हुनेछ । लिगमा लगातर ४ खेलमा जित हात पारेको राप्ती समुह शिर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

नारायणी एडभरटाइजिङ एण्ड इभेन्टको आयोजनामा जारी प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालि चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ४३ बजे

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली