‘मास्क’मा कालोबजारी गरेको भेटिए ११३७ मा फोन गर्न आग्रह « Khabarhub

‘मास्क’मा कालोबजारी गरेको भेटिए ११३७ मा फोन गर्न आग्रह


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ ।

बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको मुल्यभन्दा निकै महँगो मुल्य पर्ने गुनासो बढेपछि विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उक्त पैसा नलाग्ने नम्बरमा फोन गर्न आग्रह गरेका हुन् ।

उनले कोरोना भाइरसको त्रास भइरहेका बेला मौकाको फाइदा छोप्दै ठगी गर्नेहरुलाई तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने जानकारी दिए । माक्स लुकाएर मुल्य बढाउने केही ब्यापारीलाई कारवाही समेत गरिएको उनले जनाए ।

मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले बताएको छ ।

बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच-पाँच हजारका दरले जरिबाना तिराएको विभागका महानिर्देशक सुवेदीले जानकारी दिएका छन् ।

अनुगमनक क्रममा त्यसरी कालोवजारी गर्ने अन्य ८ ब्यापारीलाई पनि सचेत गराइएको जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै नेपाली बजारमा माक्सको कालोबजारी हुन थालेको छ । केही दिन यता बजारमा मास्क पाउन छाडेको तथा भएका माक्स पनि चर्को मुल्यमा बेच्ने गरेको जनगुनासो सँगै सरकारले निगरानी बढाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०० बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि