भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी « Khabarhub

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता अन्तिम रूप दिने चरणमा पुगेको बताएका छन् ।

मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देश सम्झौता गर्न इच्छुक रहेको बताए।

भारत–अमेरिका व्यापार सम्झौतासम्बन्धी प्रश्नमा उनले भने, ‘भारत सम्झौता गर्न चाहन्छ । हामी पनि सम्झौता गर्नेछौँ । हामी सम्झौताको निकै नजिक छौँ ।’

ट्रम्पले दुई देशबीच हुने सम्झौता यसअघि गरिएका सम्झौताभन्दा पूर्ण रूपमा फरक हुनेसमेत बताए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा रहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।

यसै महिनाको सुरुआतमा भारतका वाणिज्यमन्त्री पीयूष गोयलले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा प्रस्तावित व्यापार सम्झौताका विभिन्न पक्षबारे छलफल भएको थियो ।

भारत र अमेरिकाले गत फेब्रुअरीमा द्विपक्षीय व्यापार सम्झौताको पहिलो चरणका लागि रूपरेखा अन्तिम रूप दिने घोषणा गरेका थिए । यद्यपि, त्यसपछि अमेरिकाको कर (ट्यारिफ) नीतिमा विभिन्न परिवर्तन भएका छन् ।

दुई देशबीचको प्रस्तावित सम्झौताले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई थप प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  १० : ३८ बजे

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता