सुर्खेतमा ‘सर्जिकल माक्स’को अभाव « Khabarhub

सुर्खेतमा ‘सर्जिकल माक्स’को अभाव


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ ।

नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो ।

नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल माक्स मौज्दात नरहेको जानकारी दिए ।

“डिलरमै माक्स छैन्, हामीसँग भएको पनि सकियो,” उनले भने “एक महिनादेखि माक्स ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।”

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घअन्तर्गत फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाको माक्सहरु पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए ।

कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उनले बताए ।

यसैबीच, काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ ।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए ।

उनले भने “ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था छैन । ”

प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ३६ बजे

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर