कोरोनाकै कारण भक्तपुर महोत्सव स्थगित « Khabarhub

कोरोनाकै कारण भक्तपुर महोत्सव स्थगित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो ।

तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरुलगायतका पक्षहरुसँग छलफल गर्ने तथा अन्य तयारीको कामलाई तीव्र पारेको थियो ।

महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक नाच प्रस्तुत गर्ने कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रम तय गरिएका थिए ।

त्यस्तै महोत्सवको सन्दर्भमा पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवद्र्धन, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था तथा रात्रिकालीन पदयात्रा सञ्चालन काम अगाडि बढेका थिए ।

त्यस्तै नगरपालिकाले स्थानीय युवालाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालीम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ५३ बजे

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो