अमेरिकी राष्ट्रपतीय निर्वाचनको चुनावी अभियान सिनेटर वारेनद्वारा परित्यागको घोषणा | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतीय निर्वाचनको चुनावी अभियान सिनेटर वारेनद्वारा परित्यागको घोषणा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको प्राइमरी र ककस चुनावमा म्यासाचुसेट्स राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने एलिजाबेथ वारेनले बिहीबार उम्मेदवारी परित्याग गरेकी छिन् ।

उम्मेद्वार मनोनित गर्नका लागि भइरहेका ककस र प्राइमरीमा अपेक्षित नतिजा ल्याउन नसकेपछि उनले चुनावी अभियानबाट बाहिरिने घोषणा गरेकी हुन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उनी एकमात्र महिला प्रतिनिधि रहेकी थिइन । अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्याण्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडन मात्र चुनावी प्रतिस्पर्धामा छन् ।

गत मंगलबार भएको ‘सुपर ट्युस्डे’ का प्राइमरी र ककसमा अपेक्षित नतिजा ल्याउन नसकेपछि सिनेटर वारेनले राष्ट्रपतिका लागि चुनावी दौड स्थगित गरेकी हुन् । यद्यपि उनले हरेक संघर्षशील व्यक्तिहरुको पक्षमा निरन्तर लागिरहने दृढता व्यक्त गरिन् ।

यद्यपि उनले चुनावी दौडमा रहेका बाइडन र स्याण्डर्समध्ये कसको समर्थन गर्ने भन्ने स्पष्ट नभइसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने गरी कुनै पनि महिला छनौट हुन नसक्नु दुःखद भएको उनको प्रतिक्रिया छ ।

यता सिनेटर वारेनको घोषणाप्रति बाइडन र स्याण्डर्स दुबैले ट्वीट गर्दै उनको प्रशंसा गरेका छन् ।

अघिल्लो दिन न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले पनि चुनावी प्रतिस्पर्धा त्यागेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वारेन र ब्लूमबर्गप्रति व्यंग्यमिश्रित ट्वीट गर्दै वारेनका कारण बर्नी स्यान्डर्सले म्यासाचुसेट्स, मिनेसोटा र टेक्सासको चुनाव हारेको र त्यसै कारण अब स्याण्डर्स अन्तिम चुनावी दौडमा पनि पराजित हुने सम्भावना बढेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ३ : १६ बजे

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि

म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का

काठमाडौं– पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफू र

परिणीति चोपडा र राघव चड्ढाले आफ्नो पहिलो सन्तानलाई स्वागत गरे

काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री परिणीति चोपड़ा र उनका पति राजनीतिज्ञ