काठमाडौंका सडक धमाधम कालोपत्रे हुँदै, राज्यमन्त्री मानन्धर फिल्डमा खटिए | Khabarhub Khabarhub

काठमाडौंका सडक धमाधम कालोपत्रे हुँदै, राज्यमन्त्री मानन्धर फिल्डमा खटिए


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाको विभिन्न स्थानका सडकहरुमा कालोपत्रेको कामले तिब्रता पाएको छ ।

लामो समयदेखि कालोपत्रे हुन नसकेका र बिग्रीएका सडकको मर्मत र कालोपत्रे गर्ने कामलाई सरकारले तिब्रता दिएको हो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकहरु कालोपत्रे गर्न थालिएको छ ।

शनिबार सोह्रखुट्टे लींकरोडदेखि ढल्को लिंकरोडसम्मका विभिन्न स्थानमा कालोपत्रे हुन लागेको छ ।

लामो समयसम्म हिलो र धुलोसहित कच्ची सडकमा सवारी गर्न बाध्य भएका सर्वसाधारण सडक कालोपत्रे हुने भएपछि उत्साहित छन् ।

राज्य मन्त्री मानन्धरको पहलमा विष्णुमति करिडोरको लिंकरोड पनि कालोपत्रे हुँदै छ ।

बालाजु बाईपासदेखि मुड्खु भञ्ज्याङसम्म पुग्ने सडक पनि शनिबारदेखि नै कालोपत्रे शुरु हुने भएको छ । लामो समयदेखि खाद्य्डा खुल्डी र धुलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका बालाजुदेखि उत्तरीभेगका सर्वसाधारणले अब कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन् ।

यस्तै उक्त सडक कालोपत्रेभएपछि नुवाकोट र रसुवाको यात्रा गर्ने सर्वसाधारणलाई पनि सहज हुने भएको छ । यस अघी दगुर्नेपानीमा माटो कटान र सडक फराकिलो पार्ने काम थालनी भइसकेको छ भने लामो समयदेखि विवादमा रहेको मुअब्जाको समस्या पनि लगभग समाधान भएको छ ।

मन्त्री मानन्धरको पहलमा यस अघी बालाजुको माछापोखरीदेखि बाईपाससम्मको सडक कालोपत्रे भइसकेको छ भने सोह्रखुट्टेदर्खि बालाजु चोकसम्मको सडक पनि कालोपत्रे गरिएको छ ।

काठमाडौं उपत्यकासहित देशभर सडक कालोपत्रे गर।ने कामले तिब्रता पाएको बताउँदै मन्त्री मानन्धरले केही दिन भित्र उपत्यकाका भित्री सडकहरु सफा हुने बताए ।

मन्त्री मानन्धरले सडक कालोपत्रे भएसँगै नियमित सफा गर्ने र सडकमा धुलो आउन नदिनेगरी संयन्त्र परिचालन गरिने जानकारी दिए ।

महानगरसँगको सम्वन्वयमा ब्रुमर लगाएर धुलो उठाउने र पार्किङ व्यवस्थापनका लागि पनि काम थालिने मानन्धरले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनका लागि पनि मन्त्री मानन्धरले शुक्रबार ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकाल र महानगरिय प्रहरीका प्रमुख धनपति सापकोटासँग छलफल गरेका छन् ।

छलफलका क्रममा तत्काल लिंकरोडका विभिन्न स्थानमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउनेबारे पहल भएको छ । बालाजु माछापोखरी लगायतका स्थानमा देखिएको अब्यवस्थीत पार्किङ व्यवस्थापन थालिने छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : ४५ बजे

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा