काठमाडौंका सडक धमाधम कालोपत्रे हुँदै, राज्यमन्त्री मानन्धर फिल्डमा खटिए « Khabarhub

काठमाडौंका सडक धमाधम कालोपत्रे हुँदै, राज्यमन्त्री मानन्धर फिल्डमा खटिए


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाको विभिन्न स्थानका सडकहरुमा कालोपत्रेको कामले तिब्रता पाएको छ ।

लामो समयदेखि कालोपत्रे हुन नसकेका र बिग्रीएका सडकको मर्मत र कालोपत्रे गर्ने कामलाई सरकारले तिब्रता दिएको हो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकहरु कालोपत्रे गर्न थालिएको छ ।

शनिबार सोह्रखुट्टे लींकरोडदेखि ढल्को लिंकरोडसम्मका विभिन्न स्थानमा कालोपत्रे हुन लागेको छ ।

लामो समयसम्म हिलो र धुलोसहित कच्ची सडकमा सवारी गर्न बाध्य भएका सर्वसाधारण सडक कालोपत्रे हुने भएपछि उत्साहित छन् ।

राज्य मन्त्री मानन्धरको पहलमा विष्णुमति करिडोरको लिंकरोड पनि कालोपत्रे हुँदै छ ।

बालाजु बाईपासदेखि मुड्खु भञ्ज्याङसम्म पुग्ने सडक पनि शनिबारदेखि नै कालोपत्रे शुरु हुने भएको छ । लामो समयदेखि खाद्य्डा खुल्डी र धुलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका बालाजुदेखि उत्तरीभेगका सर्वसाधारणले अब कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन् ।

यस्तै उक्त सडक कालोपत्रेभएपछि नुवाकोट र रसुवाको यात्रा गर्ने सर्वसाधारणलाई पनि सहज हुने भएको छ । यस अघी दगुर्नेपानीमा माटो कटान र सडक फराकिलो पार्ने काम थालनी भइसकेको छ भने लामो समयदेखि विवादमा रहेको मुअब्जाको समस्या पनि लगभग समाधान भएको छ ।

मन्त्री मानन्धरको पहलमा यस अघी बालाजुको माछापोखरीदेखि बाईपाससम्मको सडक कालोपत्रे भइसकेको छ भने सोह्रखुट्टेदर्खि बालाजु चोकसम्मको सडक पनि कालोपत्रे गरिएको छ ।

काठमाडौं उपत्यकासहित देशभर सडक कालोपत्रे गर।ने कामले तिब्रता पाएको बताउँदै मन्त्री मानन्धरले केही दिन भित्र उपत्यकाका भित्री सडकहरु सफा हुने बताए ।

मन्त्री मानन्धरले सडक कालोपत्रे भएसँगै नियमित सफा गर्ने र सडकमा धुलो आउन नदिनेगरी संयन्त्र परिचालन गरिने जानकारी दिए ।

महानगरसँगको सम्वन्वयमा ब्रुमर लगाएर धुलो उठाउने र पार्किङ व्यवस्थापनका लागि पनि काम थालिने मानन्धरले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनका लागि पनि मन्त्री मानन्धरले शुक्रबार ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकाल र महानगरिय प्रहरीका प्रमुख धनपति सापकोटासँग छलफल गरेका छन् ।

छलफलका क्रममा तत्काल लिंकरोडका विभिन्न स्थानमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउनेबारे पहल भएको छ । बालाजु माछापोखरी लगायतका स्थानमा देखिएको अब्यवस्थीत पार्किङ व्यवस्थापन थालिने छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : ४५ बजे

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी