कोरोना भाइरसका कारण सर्‍यो आइफा अवार्ड | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण सर्‍यो आइफा अवार्ड


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – चीनबाट शुरु भई विश्वभर प्रभाव पारेको कोरोना भाइरसका कारण भारतमा हुने भनिएको आइफा अवार्डको निर्धारित कार्यक्रम स्थगित भएको छ ।

बलिउडमा पनि कोरोना भाइरसको प्रभाव परेको छ । कैयन् फिल्म प्रोजेक्ट स्थगित गरिएका छन् भने फिल्मले पनि राम्रो व्यापार गर्न सकेका छैनन् ।

यता २१ मार्चबाट हुने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड सो मितिमा नहुने भएको छ । अब अवार्ड कहिले गर्ने भन्ने मिति अझै तय भएको छैन ।

आइफाले एक विज्ञप्ति जारी गर्दै अवार्ड तत्काल स्थगित गरिएको र छिट्टै नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ ।

आइफा अवार्डका लागि भोपालमा केही समयदेखि तयारी चलेको थियो । कलाकारले पनि यो अवार्डका लागि तयारी गरेका थिए ।

आइफामा नोमिनेट फिल्मको पनि घोषणा गरिसकिएको छ । आइफामार्फत यसपटक मध्य प्रदेशको कला संस्कृतिलाई अन्तरराष्ट्रिय स्त।मा पुर्‍याउने लक्ष्य लिइएको छ ।

यो अवार्ड पहिले नेपालमा गर्ने भनिएको थियो । तर, नेपालमा व्यापक विरोध भएपछि अवार्ड स्थगित भएको थियो । त्यसपछि समारोह भारतमै हुने आइफाले जनाएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ०० बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको