कोरोना भाइरसका कारण सर्‍यो आइफा अवार्ड « Khabarhub

कोरोना भाइरसका कारण सर्‍यो आइफा अवार्ड


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – चीनबाट शुरु भई विश्वभर प्रभाव पारेको कोरोना भाइरसका कारण भारतमा हुने भनिएको आइफा अवार्डको निर्धारित कार्यक्रम स्थगित भएको छ ।

बलिउडमा पनि कोरोना भाइरसको प्रभाव परेको छ । कैयन् फिल्म प्रोजेक्ट स्थगित गरिएका छन् भने फिल्मले पनि राम्रो व्यापार गर्न सकेका छैनन् ।

यता २१ मार्चबाट हुने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड सो मितिमा नहुने भएको छ । अब अवार्ड कहिले गर्ने भन्ने मिति अझै तय भएको छैन ।

आइफाले एक विज्ञप्ति जारी गर्दै अवार्ड तत्काल स्थगित गरिएको र छिट्टै नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ ।

आइफा अवार्डका लागि भोपालमा केही समयदेखि तयारी चलेको थियो । कलाकारले पनि यो अवार्डका लागि तयारी गरेका थिए ।

आइफामा नोमिनेट फिल्मको पनि घोषणा गरिसकिएको छ । आइफामार्फत यसपटक मध्य प्रदेशको कला संस्कृतिलाई अन्तरराष्ट्रिय स्त।मा पुर्‍याउने लक्ष्य लिइएको छ ।

यो अवार्ड पहिले नेपालमा गर्ने भनिएको थियो । तर, नेपालमा व्यापक विरोध भएपछि अवार्ड स्थगित भएको थियो । त्यसपछि समारोह भारतमै हुने आइफाले जनाएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ०० बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री