वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी गर्ने साह पक्राउ « Khabarhub

वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी गर्ने साह पक्राउ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनुषाको मिथिला विहारी–५ स्थायी ठेगाना भएका राधे साहलाई काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो ।

आकर्षक तलब हुने प्रलोभन देखाएर मलेसिया तथा दुबईमा वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा पठाउने भन्दै ९ जनासँग ११ लाख लाख ४२ हजार २ सय रुपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए ।

आफूहरु ठगिएको भन्दै दर्पनारायण चौधरीलगायतले दिएको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ०२ बजे

निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँ : वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक

६ नेपाली फिल्म हलमा

काठमाडौं – फागुन १ गते शुक्रबारबाट तीन फिल्महरु ‘बिगुल’, ‘शिवांश’

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन्