६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय « Khabarhub

६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा ६ महिनासम्मका लागि आवश्यक पर्ने खाद्यन्न आफूहरुसँग मौज्दात रहेको बताएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै खाद्य वस्तुको अनावश्यक भण्डारण नगर्न समेत उसले आग्रह गरेको छ ।

मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि सँग हाल २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयको भनाइ छ ।

पत्रकार सम्मेलनमा मन्त्री लेखराज भट्टले बजार हल्ला हुँदा उपभोक्ताले स्टक बढाउने गरेकाले समस्या भएको बताए । ‘बजार हल्ला हुँदा उपभोक्ताले होल्डिङ बढाउन थाले’, मन्त्री भट्टले भने, ‘सञ्चारमाध्यमले पनि यस्तो बेला संयमित समाचार दिन आवाश्यक छ ।’

मन्त्री भट्टले खाद्यन्न ६ महिना, नुन १० महिना र ग्यास १ महिनालाई पुग्ने स्टक रहेको र उपभोक्तालाई नआत्तिन आग्रह गरे । कोरोना त्रासपछि बजार भाउको मूल्य बृद्धि भएको भन्ने जनगुनासो बढिरहेका बेला मन्त्री भट्टले स्याउ र लसुनमा बाहेक मूल्य नबढेको प्रस्ट पारेका छन् ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभागलगायत सम्बद्ध निकायहरुबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने भन्दै बजारमा विभिन्न बस्तुको अभाव नभएपनि कृतिम अभाव सिर्जना गरिएकाले प्रभावकारी बजार अनुगमन गर्ने तयारी गरेको छ । त्यसका लागि सरकारले व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गरेको छ ।

उपभोक्ताहरुलाई उपभोग्य बस्तुको अभाव नभएको विषयमा आश्वस्त पार्न तथा छाता संगठन मातहत निकायले आपुर्ति व्यवस्था नियमित गर्ने र मूल्यबृद्धि गर्न नदिने व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अनुचित नाफा कमाउने उदेश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृतिम अभाव नगर्न सरकारले व्यवसायीहरुलाई सचेत गराएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना भाइरसका कारण अत्याधिक माग बढेको र सर्वसाधारणले माक्स र सेनेटाइजर मौजाद राख्दा अभाव सिर्जना भएको दावी गरेको छ । त्यस्तै, उक्त मन्त्रालयले माक्स र सेनेटाइजरको आपूर्ति बढाइ सहज र सरल बनाउन भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयसँग अनुरोध पनि गर्ने भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ४३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री