ग्यास सिलिन्डर उत्पादन बढाइने, मास्क र सेनिटाइजरमा भन्सार छुट दिने तयारी « Khabarhub

ग्यास सिलिन्डर उत्पादन बढाइने, मास्क र सेनिटाइजरमा भन्सार छुट दिने तयारी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले मास्क र सेनिटाइजरको आयातमा भन्सार छुट दिने तयारी गरेको छ ।

यसका लागि उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले अर्थमन्त्रालयसँग अनुरोध गर्ने भएको छ ।
मन्त्रालयले कोरोना संक्रमणको नाममा खाद्य वस्तुको भण्डारण नगर्न समेत आग्रह गरेको छ । ६ महिनाको लागि पुग्ने खाद्यवस्तु मौजाद रहेको मन्त्रालयलको दाबी छ ।

मन्त्रालयले बजारमा पेट्रोलियम पदार्थ, नून, चिनी, चामललगायत खाद्यान्नको आपूर्तीमा समस्या नरहेको समेत दाबी गरेको छ । मन्त्रालय अनुसार खाद्या व्यवस्था तथा व्यापार कम्पनीसाग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात छ ।

साथै मुलुकमा पेट्रोल डिजल, मट्टितेल, हवाई इन्धनको भण्डारण क्षमता ६८ हजार ३६४ केएल रहेको र यसले कम्तिमा ९ दिन पुग्ने मन्त्रालयको भनाइ छ ।

साथै बजारमा ग्यासको अभाव हुन नदिने काठमाडौं उपत्यकामा मात्रै दैनिक ४४ हजार सिलिन्डर उत्पादन गरिने मन्त्रालयको भनाइ छ । हाल दैनिक ३० हजार सिलिन्डर उत्पादन भइरहेकोमा अब १४ हजार थप सिलिन्डर उत्पादन बढाइने छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ४९ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय