प्रधानमन्त्री सात दिनभित्र अस्पतालबाट फिर्ता हुने « Khabarhub

प्रधानमन्त्री सात दिनभित्र अस्पतालबाट फिर्ता हुने


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार मिर्गौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताए ।

“मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म छिटो काममा फर्कन्छु”, प्रधानमन्त्री भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, “ मेरो स्वास्थ्यमा भइरहेको सुधारका बारेमा साथीहरु र देशवासीलाई भनिदिनुहोला ।”

प्रधानमन्त्री ओलीसँग प्रत्यक्षरुपमा भेटघाट गर्न कसैलाई पनि दिइएको छैन । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

“प्रत्यारोपणमा संलग्न र ‘क्रिटिकल केयर’का चिकित्सक तथा नर्सबाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन”, प्रेस सल्लाहकार थापाले भने, “ उहाँले परिवारिक रुपमा पनि अझै भेटघाट गरिरहनुभएको छैन ।”

प्रधानमन्त्रीलाई सात दिनभित्र अस्पतालबाट फर्काइने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे नियमित जानकारी दिइने प्रेस सल्लाहकार थापाले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन आजै अपराह्न गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायत शिक्षण अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ५९ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव