प्रधानमन्त्री सात दिनभित्र अस्पतालबाट फिर्ता हुने « Khabarhub

प्रधानमन्त्री सात दिनभित्र अस्पतालबाट फिर्ता हुने


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार मिर्गौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताए ।

“मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म छिटो काममा फर्कन्छु”, प्रधानमन्त्री भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, “ मेरो स्वास्थ्यमा भइरहेको सुधारका बारेमा साथीहरु र देशवासीलाई भनिदिनुहोला ।”

प्रधानमन्त्री ओलीसँग प्रत्यक्षरुपमा भेटघाट गर्न कसैलाई पनि दिइएको छैन । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

“प्रत्यारोपणमा संलग्न र ‘क्रिटिकल केयर’का चिकित्सक तथा नर्सबाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन”, प्रेस सल्लाहकार थापाले भने, “ उहाँले परिवारिक रुपमा पनि अझै भेटघाट गरिरहनुभएको छैन ।”

प्रधानमन्त्रीलाई सात दिनभित्र अस्पतालबाट फर्काइने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे नियमित जानकारी दिइने प्रेस सल्लाहकार थापाले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन आजै अपराह्न गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायत शिक्षण अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ५९ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि