राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र राजदूत क्वात्राबीच शिष्टचार भेट « Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र राजदूत क्वात्राबीच शिष्टचार भेट


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत क्वात्रालाई नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

‘नेपाल र भारतबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ,’ उनले भने, ‘नेपाल र भारत बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।’

त्यसैगरी राजदूत क्वात्राले भेटका क्रममा नेपाल र भारतको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताए । उनले दुई देशबीचमा भएका उच्चस्तरीय भ्रमणले नेपाल र भारत छिमेकी मात्र नभई समृद्धीका साझेदार भएको धारणा राखेका थिए ।

राजदूत क्वात्राले दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्न उच्चस्तरीय संसदीय भ्रमण हुनुपर्ने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०६ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक