मलेसियालाई हराउँदै हङकङ एसीसी एशिया कपका लागि छनोट | Khabarhub Khabarhub

मलेसियालाई हराउँदै हङकङ एसीसी एशिया कपका लागि छनोट


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियालाई पराजित गर्दै हङकङ एसीसी एशिया कप छनोट प्रतियोगिताका लागि छनोट भएको छ ।

थाइल्यान्डमा सम्पन्न एसीसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटमा हङकङले मलेसियालाई छ विकेटले पराजित गरेको हो । यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको छ । हङकङ उपविजेता बन्दै एशिया कपमा छनोट भएको हो ।

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा मलेसियाले जितका लागि दिएको १३३ रनको लक्ष्यलाई हङकङले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

हङकङका शाहिद वासिफले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जेम्स जोनले अविजित ३३ रन बनाए । बलिङतर्फ मलेसियाका पवनदीप सिंहले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो । उसका लागि भिरणदिप सिंहले ३३, सायद अजिजले ३० तथा खिजार हायतले २२ रन बनाउनुभएको थियो । हङ्कङका मोहमद अजिज खानले दुई विकेट लिनुभयो । हङकङले चार खेलमा छ अङ्क जोडेको हो । प्रतियोगिताको उपाधि भने सिङ्गापुरले जित्यो । सिङ्गापुरले सात अङ्क जोड्दै उपाधि जितेको हो ।

आजै हुने भनिएको नेपाल र सिङ्गापुरबीचको खेल वर्षाका कारण टस नै गर्न नपाइ रद्द भएको थियो । वर्षाले मैदान खेल्न योग्य नभएपछि दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए । नेपाल भने यसअघि नै प्रतियोगितबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : १० बजे

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने