अमेरिकामा बाघलाई पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा बाघलाई पनि कोरोना भाइरसको संक्रमण


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको ब्रोनक्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

एक चार वर्षको मलायान पोथी बाघमा कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको हो।

बाघको परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको चिडियाखानले जनाएको छ। बाघको परीक्षण त्यहाँको राष्ट्रिय भेटेरिनरी सेवा प्रयोगशालामा गरिएको थियो।

नाडिया नाम गरेको बाघ, उसकी बहिनी अजुल र त्यहाँ रहेका अन्य दुई अमुर बाघ र तीन अफ्रिकी सिंहमा पनि कोरोनाको लक्षण सुख्खा खोकी देखिएको थियो र उनीहरु भने पूर्ण रुपमा निको भएको चिडियखानले जनाएको छ।

त्यहाँका विराला प्रजातीका प्राणीमा कोरोनाको संक्रमण देखिएको चिडियाखानाका अधिकारीहरुले बताएका हुन् ।

चिडियाखानाले बाघमा कसरी संक्रमण देखियो भन्ने खुल्न नसकेको जनाएको छ। तर, पनि यहाँका अन्य जनावरहरुलाई पनि निगरानीमा राखिएको छ।

अमेरिकामा हालसम्म कुनै पनि मानिसमा जनवारबाट कोरोना सरेको देखिएको छैन।

संरक्षणकर्मीहरुले केही वन्यजन्तुहरुमा पनि भाइरसको जोखिम रहेको भन्दै उनीहरुको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।

चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ।

पर्याप्त सावधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोनाभाइरस भेटिएको ब्रोङ्स जूले उल्लेख गरेको छ।

तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ।

भिन्न प्रजातिमा नयाँ सङ्क्रमण भिन्न रूपमा देखिने भएकाले बाघ र सिंहजस्ता वन्यजीवमा कोरोनाभाइरस कसरी विकसित हुन्छ भन्ने थाहा नभएको भए पनि तिनको निगरानी गरिने उक्त चिडियाखानाले बताएको छ।

चिडियाखानामा भएका बाघ जातिका अन्य जीवमा रोगको कुनै लक्षण देखिएको छैन। त्यहाँ अरू बाघ, हिउँचितुवा, चीटा, ध्वाँसेचितुवा, आमुर चितुवा, प्युमा र सर्भल पनि छन्।

“तिनको स्याहार गर्न खटिएका तर लक्षणरहित सङ्क्रमण भएका एक व्यक्तिबाट हाम्रा बाघलाई सङ्क्रमण सरेको हो,” ब्रोङ्स जूले भन्यो।

सङ्क्रमणको लक्षण देखिएका सबै जीवलाई चिडियाखानामा छुट्टै राखिएको छ। न्यूयोर्कमा भएका चारवटा चिडियाखाना मार्च १६ देखि आगन्तुकका लागि बन्द छन्।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ३३ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको