अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश « Khabarhub

अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका दिवेश पोखरेलले आफ्नो दमदार प्रस्तुतिलाई निरन्तरता दिँदै टप २० मा स्थान सुरक्षित गरेका छन् ।

आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए ।

आइतबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै प्रभावित भएर प्रशंसा गरेका थिए। अघिल्लो हप्ताझै यस हप्ता पनि सबै निर्णायकहरू उठेर ताली बजाएका थिए।

२१ वर्षे युवा गायक दिवेश पोखरेलले सुरुआतको हप्तामा आफूलाई अर्थर गनको रूपमा चिनाएका थिए। अघिल्लो हप्ता दिवेशले हलिउड राउन्डमा १९६८ मा अमेरिकन गायक ओटिस रेडिङको सुपर हिट गीत ‘हार्ड टु ह्यान्डिल’ गाएका थिए।

उनको प्रस्तुतिपछि निर्णायकहरूले पूरा गीत गाउन अनुरोध गरेका थिए। निर्णायक लियोनल रिचीले दिवेशको प्रस्तुति आफूलाई बब मार्लीको झल्को दिएको प्रतिक्रिया दिँदै उनको प्रशंसा गरेका थिए।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै उनको चर्चा चुलिएको थियो। दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका गएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ३६ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड