अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश « Khabarhub

अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका दिवेश पोखरेलले आफ्नो दमदार प्रस्तुतिलाई निरन्तरता दिँदै टप २० मा स्थान सुरक्षित गरेका छन् ।

आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए ।

आइतबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै प्रभावित भएर प्रशंसा गरेका थिए। अघिल्लो हप्ताझै यस हप्ता पनि सबै निर्णायकहरू उठेर ताली बजाएका थिए।

२१ वर्षे युवा गायक दिवेश पोखरेलले सुरुआतको हप्तामा आफूलाई अर्थर गनको रूपमा चिनाएका थिए। अघिल्लो हप्ता दिवेशले हलिउड राउन्डमा १९६८ मा अमेरिकन गायक ओटिस रेडिङको सुपर हिट गीत ‘हार्ड टु ह्यान्डिल’ गाएका थिए।

उनको प्रस्तुतिपछि निर्णायकहरूले पूरा गीत गाउन अनुरोध गरेका थिए। निर्णायक लियोनल रिचीले दिवेशको प्रस्तुति आफूलाई बब मार्लीको झल्को दिएको प्रतिक्रिया दिँदै उनको प्रशंसा गरेका थिए।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै उनको चर्चा चुलिएको थियो। दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका गएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ३६ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा