विश्वभर खाद्य संकट आउन सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी « Khabarhub

विश्वभर खाद्य संकट आउन सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी फैलिएपछि अधिकांश मुलुक लकडाउनमा रहदा यतिबेला आपूर्ति व्यवस्था प्रभावित भएको छ ।

विश्वभरकै आपूर्ति व्यवस्था प्रभावित भइरहँदा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले भने यही अवस्था रहे खाद्य संकट आउन सक्ने चेतावनी दिएको छ ।

डब्लुएफपीले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले कोरोना भाइरसको महामारीले विश्वका गरिब मुलुकमा आर्थिक एवं खाद्य असुरक्षा निम्तन सक्ने आकलन गरेको छ ।

प्रतिवेदनमा आधारभूत खाद्यान्नको आपूर्ति एवं मूल्य भने अहिलेसम्म विश्व बजारमा नै सामान्य रहेको जनाइएको छ।

तर, खाद्य सामग्रीको उत्पादन एवं आपूर्ति विश्वव्यापी प्रकृतिको भएकाले आपूर्ति शृंखलामा आउने कुनै पनि अवरोधले समस्या सिर्जना गर्ने र उत्पादनलाई उपभोगको स्थानसम्म पुर्‍याउन चुनौतीपूर्ण हुने डब्लूएफपीका प्रमुख अर्थशास्त्री एवं बजार विश्लेषक म्याक्सिमो टोरेरो कुलेनले जनाएका छन् ।

यसअघि सन् २००८ को वित्तीय संकटको समयमा आयको ठूलो हिस्सा खानेकुरामा खर्च गर्न बाध्य भएका गरिब मुलुकहरू खाद्य वस्तुको मूल्य आकासिँदा थप प्रभावित हुने भएकाले त्यसतर्फ सचेत रहन समेत उनले आग्रह गरेक छन् ।

डब्लूएफपीका अनुसार विश्वभर अहिले लगभग २२ करोड मानिस खाद्य असुरक्षामा छन् भने १० करोड मानिस चरम खाद्य असुरक्षामा छन् । यसमध्ये अधिकांश अफ्रिकाका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ०३ बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी