अमेरिका, स्पेन र इटालीमा घट्यो कोरोनाभाइरसको प्रभाव « Khabarhub

अमेरिका, स्पेन र इटालीमा घट्यो कोरोनाभाइरसको प्रभाव


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटाली, स्पेन, फ्रान्स र अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण र ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।

अघिल्लो दिन अमेरिकामा १३३१, स्पेनमा ७४९, इटली ६८१, फ्रान्स १०५३, यूकेमा ७०८ जनाको ज्यान गएको थियो ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ११६५, स्पेनमा ६९४, इटलीमा ५२५, फ्रान्समा ५१८ र यूकेमा ६२८ जनाको ज्यान गएको छ ।

२४ घण्टामा विश्वभर कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या पनि घटेको छ ।

२४ घण्टामा विश्वभर ७१ हजार ४ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ४ हजार ७ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

अघिल्लो दिन ८४ हजार ८ सय जना नयाँ संक्रमित थपिएका थिए । र, ५ हजार ८ सय १ जनाले ज्यान गुमाएका थिए ।

हालसम्म विश्वका २०८ देशमा फैलिएको कोरोना भाइरस को संक्रमणबाट ६९ हजार बढीको ज्यान गएको छ ।

विश्वमा १२ लाख ७२ हजार ९ सय ५३ जना मानिस भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये ६९ हजार ४ सय २८ जना मानिसको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संक्रमित मध्ये २ लाख ६२ हजार ३ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ४४ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन