गाडी नचल्दा इन्धनले भरिए निगमका भण्डारगृह « Khabarhub

गाडी नचल्दा इन्धनले भरिए निगमका भण्डारगृह


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनले सवारीसाधन बन्द भएपछि पेट्रेलियम पदार्थको खपत घटेको छ ।

पेट्रोलियम पदार्थको खपत नै नभएपछि नेपाल आयल निगमका सबै भण्डारगृह पेट्रोलियम पदार्थले भरिएका छन् ।

भण्डारण क्षमतामध्ये पेट्रोल ९५ प्रतिशत, डिजेल ९९ प्रतिशत र हवाई इन्धन ९८ प्रतिशत मौज्दात अवस्थामा रहेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार पेट्रोलको ७ हजार ७ सय ६९ किलोलिटरको भण्डारण क्षमतामा ७ हजार ३ सय ८० किलोलिटर मौज्दात छ ।

यस्तै डिजेलको ४० हजार ९ सय ८१ किलोलिटर भण्डारण क्षमतामा ४० हजार ३ सय ८८ किलोलिटर मौज्दात छ ।

हवाई इन्धनको ७ हजार २ सय ५९ किलोलिटरको भण्डारण क्षमतामा ७ हजार १ सय ३३ किलोलिटर मौज्दात अवस्थामा रहेको उनले जानकारी दिए ।

सामान्य अवस्थामा मुलुकभर दैनिक साढे १३ लाख लिटर पेट्रोल र ३७ लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले माग घटेर पेट्रोल २ लाख लिटर र डिजेल करिब ५ लाख लिटर मात्र खपत भइरहेको निगमले जनाएको छ ।

इन्धनको खपत पनि नभएको र भण्डारगृह पनि भरिभराउ भएपछि निगमले एकसातादेखि एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थको आयात बन्द गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ४५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन