भारतको ३० राज्यमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९ « Khabarhub

भारतको ३० राज्यमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- कोरोना भाइरसको प्रकोप विश्वभर देखिएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमतिको संख्या बढिरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणको ४ हजार ०६७ केस देखिएको छ । कोरोना संक्रमण देखिएका २९२ जना ठिक भएका छन् ।

त्यस्तै ६५ जना विदेशी नागरिक पनि भारतमा कोरोनाले संक्रमित बनेका छन् ।

कोरोनाका कारण अहिलेसम्म भारतमा १०९ जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै नवभारत टाइम्सको समाचारमा जनाइएको छ ।

सबै भन्दा बढी महाराष्ट्र प्रभावित

कोरोना भाइरसका कारण भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा मानिसहरुले ज्यान गुमाएका छन् ।

महाराष्ट्रमा अहिले सम्म ४५ जनाले ज्यान गुमाएका छन् । भने ६९० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै गुजरातमा ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने त्यहाँ १२२ जना संक्रमित छन् ।

त्ययस्तै दिल्लीमा सात जनाको मृत्यु भएको छ । त्यहाँ ५०३ जनामा संक्रमण देखिएको छ ।

मध्यप्रदेशमा ९, लेलंगनामा ७, पञ्जावमा ६, तामिलनाडुमा ५, कर्नाटकमा कोरोना भाइरसको संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । १५१ जना मा संक्रमण देखिएको छ । आन्ध्र प्रदेशमा तीन जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : ३२ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन