बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, लकडाउन एक साता बढाउने तयारी | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, लकडाउन एक साता बढाउने तयारी


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको अवधि बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा मन्त्रिपरिषद्‌ बैठक शुरु भएको हो ।

पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि (मंगलबार) सकिदैछ । त्यसअघि नै यसबारे सोमबार मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्वास्थ्य विज्ञहरुले लकडाउन कम्तिमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन् भने कोभिड – १९ रोकथाम तथा नियन्त्रण समितिले समेत लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।

भारत सरकारले लगाएको २१ दिनको लकडाउन बुधबार सकिनेछ । त्यसैलाई पुनरविचार गरेर नेपालले पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ३ : ०७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी