लकडाउनका बेला नक्कली बिरामी बनाएर यात्रु बोक्दै एम्बुलेन्स चालक « Khabarhub

लकडाउनका बेला नक्कली बिरामी बनाएर यात्रु बोक्दै एम्बुलेन्स चालक


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका बेला नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–६ बाट नक्कली बिरामी बनाएर एम्बुलेन्समा बोक्ने चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा प्रदेश–३–०१–०२२ च २१६३ नम्बरको एम्बुलेन्सका चालक २२ वर्षीय बुद्ध तामाङ छन् । रामेछापकै गोकुलगङ्गा गाउँपालिका–६ फुर्पु घर भएका तामाङले सर्वसाधारणलाई बिरामी भन्दै एम्बुलेन्समा यात्रा गराउने गर्दथे ।

यसरी नक्कली बिरामी बनाइ एम्बुलेन्समा यात्रा गराएबापत उनले महङ्गो भाडा समेत उठाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार उनलाई नक्कली बिरामी बनाएर यात्रु बोकिरहेको अवस्थामा सेलेघाटमा फत्राउ गरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ५० बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण