लकडाउनका बेला नक्कली बिरामी बनाएर यात्रु बोक्दै एम्बुलेन्स चालक | Khabarhub Khabarhub

लकडाउनका बेला नक्कली बिरामी बनाएर यात्रु बोक्दै एम्बुलेन्स चालक


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका बेला नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–६ बाट नक्कली बिरामी बनाएर एम्बुलेन्समा बोक्ने चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा प्रदेश–३–०१–०२२ च २१६३ नम्बरको एम्बुलेन्सका चालक २२ वर्षीय बुद्ध तामाङ छन् । रामेछापकै गोकुलगङ्गा गाउँपालिका–६ फुर्पु घर भएका तामाङले सर्वसाधारणलाई बिरामी भन्दै एम्बुलेन्समा यात्रा गराउने गर्दथे ।

यसरी नक्कली बिरामी बनाइ एम्बुलेन्समा यात्रा गराएबापत उनले महङ्गो भाडा समेत उठाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार उनलाई नक्कली बिरामी बनाएर यात्रु बोकिरहेको अवस्थामा सेलेघाटमा फत्राउ गरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ५० बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट