अमेरिकामा दाहसंस्कार रोकिएका ५ नेपालीको नेपाली मूलका सांसद भण्डारीको पहलमा अन्त्येष्टि « Khabarhub

अमेरिकामा दाहसंस्कार रोकिएका ५ नेपालीको नेपाली मूलका सांसद भण्डारीको पहलमा अन्त्येष्टि


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमणपछि अमेरिकामा मृत्यु भएका ५ नेपालीको उतै अन्त्येष्टि गरिएको छ ।

न्यूयोर्कमा मृत्यु भएका अनिल लिम्बु, निमा शेर्पा, अजय छोंचु, बिष्णु कुमार राई र पवन मल्लको अमेरिकामै अन्तिम संस्कार गरिएको हो ।

कोरोना भाइरसको महामारीले शव व्यवस्थापनमा पालो पाउन नसकेको तथा खर्च अभावमा समस्या खेपिरहेका नेपालीलाई नेपाली मूलका अमेरिकी सांसद ह्यारी भण्डारीले सहयोग गरेका छन् ।

मेरिल्याण्ड राज्यको सांसदमा प्रतिनिधित्व गर्ने भण्डारीले कोरोनाका कारण मृत्यु भएका नेपालीको दाहासंस्कार गर्नै अप्ठ्यारो भइरहेका बेला समन्वय गरेका थिए ।

तीन जना नेपालीको फस्ट एभिन्यु फ्युनेरलमा र न्युजर्सीको रुबी मेमोरियल फ्यूनेरल एण्ड क्रिमेशन सर्भिसमा दाहसंस्कार गरिएको हो । भण्डारीको पहलमा झण्डै ५० प्रतिशत छुटमा दाहसंस्कार गरिएको थियो ।

एउटा शवको संस्कारमा १५ सय डलरसम्म तिर्नुपर्नेमा नेपालीको शव व्यवस्थापन गर्दा ५० प्रतिशत रकम छुट गराइएको भण्डारीले जानकारी दिए ।

क्षमायाचना

अमेरिकाको न्युयोर्कमा मृत्यु भएका पाँच नेपालीको दाहसंस्कार सम्बन्धी यस समाचारमा उल्लिखित अजय छोंचुको दाहसंस्कार हालसम्म नभएको र दाहसंस्कारका लागि अन्य व्यक्तिबाट सहयोग आवश्यक नपर्ने भनेर उनका आफन्तजनले जानकारी गराएका छन् ।

प्राप्त जानकारीअनुसार दाहसंस्कारका लागि बुझाउनुपर्ने रकम परिवारजनले बुझाइसकेका छन् । यस समाचारबाट परिवारजन र आफन्तमा पर्न गएको चोटप्रति खबरहब क्षमायाचना गर्दछ ।

आगामी दिनमा यस्तो गल्ती हुन नदिन सचेत रहनेछौँ । समाचारको गल्ती औँल्याएर सचेत गराउने महानुभावप्रति हार्दिक आभार प्रकट गर्दछौँ । – प्रधानसम्पादक ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : १४ बजे

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत