सामाजिक दुरीसहित साकेला र देवाली मनाइँदै | Khabarhub Khabarhub

सामाजिक दुरीसहित साकेला र देवाली मनाइँदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- किराँत राई समुदायको साकेला उभौली, हिन्दूधर्मावलम्बीको देवालीलगायत विभिन्न जातजातिको चाडवाडमा यसपटक विगतको जस्तो भीडभाड हुने छैन ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्लामा साकेला, देवालीलगायतका चाडवाड कम उपस्थितिमा मनाउन आग्रह गरेको छ । नजिकिँदै गरेको अवस्थामा मङ्गलबार बसेको समितिको बैठकले कम उपस्थितिमा धार्मिक, सामाजिक, सांस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

बढी भीडभाड हुँदा एकबाट अर्को व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा देखिएकाले साकेला, देवालीलगायतका चाडवाडलाई विधिकारूपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।

‘चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति नगर्न/नगराउन आग्रह गरिएको छ’, उनले भने, ‘बैठकमा सहभागी विभिन्न जातीय सङ्गठनका प्रतिनिधिले पनि बढीमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमति जनाएका छन् ।’

धार्मिक, सामाजिक तथा सांस्कृतिक चाडवाड मनाउने क्रममा दुई व्यक्तिबीचमा अनिवार्य न्यूनतम एक मिटरको सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको जनाइएको छ । सरकारले लागू गरेको लकडाउनका कारण कतिपय हिन्दूधर्मावलम्बी समुदायले आफ्नो देवालीलाई महिना दिनपछि सारेको बताएका छन् ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको थियो ।

हरेक वर्षको पूर्णिमाको दोस्रो दिन लफ्याङमा सयौँको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट लकडाउनलाई मध्यनजर गर्दै बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको समाजका सदस्य राजेन्द्र राईले बताए ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको बसोबास रहेको खोटाङ जिल्लामा अहिले आ–आफ्नो जातविशेषको पितृकार्य शुरु भएको छ । किराँत समुदायको बाहुल्यता रहेको खोटाङमा साकेला उभौली महिना दिनसम्म मनाउने चलन छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : १४ बजे

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली