कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन « Khabarhub

कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पारेको असर बारे अध्ययन, विश्लेषण तथा देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न भन्दै ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डाक्टर रामशरण महतको नेतृत्वमा कांग्रेसले समित गठन गरेको हो । महत नेतृत्वको समितिमा ५ जना अर्थशास्त्रीहरु समेत सदस्यको रुपमा छन् ।

नेता महत संयोजक रहेको समितिमा कांग्रेस केन्द्रीय सदस्यहरु महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की , डाक्टर नारायण खड्का, डाक्टर मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै पूर्वराजदुत दिपकुमार उपाध्याय, संसदको लेखा समितिका सभापति भरत शाह, पूर्वअर्थराज्यमन्त्री तथा केन्द्रीय सदस्य उदय शमशेर राणा समेत रहेका छन् ।

समितिमा अर्थशास्त्रीहरु डाक्टर पृथ्वीराज लिगल, डाक्टर शंकर शर्मा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डाक्टर जगदीशचन्द्र पोख्रेल, डाक्टर गोविन्दराज पोख्रेल र डाक्टर स्वर्णिम वाग्ले समेत सदस्यका रुपमा रहेका छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ३ : १६ बजे

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको