बंगलादेशस्थित नेपाली राजदूत भन्छन् : सरकारले निर्णय गरेको तीन दिनमा विद्यार्थी फर्काउँछौँ « Khabarhub

बंगलादेशस्थित नेपाली राजदूत भन्छन् : सरकारले निर्णय गरेको तीन दिनमा विद्यार्थी फर्काउँछौँ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हाम्रो उद्धारको प्रक्रिया कहाँ पुुग्यो ? हामी नेपाल कहिले फर्किन पाउछौँ ?’

बंगलादेशको ढाकास्थित नेपाली दूतावासको टेलिफोनमा दैनिक आउने यही प्रश्न सोधेर फोन आउँछ । आफूलाई घर फर्काउन पहल गरिदिन आग्रह गरेर यस्तै बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूले दूतावासमा दैनिक फोन गर्छन् ।

‘हामीले नेपाल सरकारलाई तपाईंहरूको समस्याको कुरा दैनिक रिपोर्टिङ गरेका छौँ, हाम्रो कुरामा सरकार सकारात्मक छ । आशा गरौँ, तपाईंहरुलाई नेपाल फार्काउन सरकारले छिट्टै अनुुमति दिनेछ,’ दूतावासले फोनमा यही आश्वासन दिन्छ ।

बंगलादेशका नेपाली राजदूत डा. विन्देश्वर मिश्रका अनुसार नेपाली विद्यार्थीलाई यसरी आश्वासन दिएको एक महिनाभन्दा बढी भइसक्यो । कोरोना भाइरस संक्रमणको जोखिममा रहेका ८९८ जना नेपालीको विवरण पनि दूतावासले संकलन गरेको छ ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएको छ । लकडाउनमा पनि कडाइ छैन । नेपाली राजदूत डा. मिश्रका अनुसार बंगलादेशमा चिकित्सक र सुरक्षाकर्मीहरूमा पनि कोरोना संक्रमण देखिएको छ ।

बंगलादेशका नेपाली राजदूत डा. विन्देश्वर मिश्र

मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । ढाका लगायतका शहरी क्षेत्रमा कोरोना भाइरस समुदायस्तरमा फैलिएको छ ।

राजदूत डा. मिश्रका अनुसार हालसम्म त्यहा कुनै पनि नेपाली कोरोना भाइसरबाट संक्रमित भएका छैनन् । सरकारले उद्धारमा ढिलाइ गरे बंगलादेशमा रहेका नेपालीहरूमा कोरोना संक्रमण हुनसक्ने जोखिम उच्च छ ।

‘विद्यार्थीको मागअनुसार सबै नेपालीलाई कोरोना संक्रमण नहुँदै स्वदेश फर्काउन पाइयोस् भन्ने हाम्रो चाहना छ,’ राजदूत डा. मिश्रले भने, ‘यहाँ कोरोना भाइरस समुदायस्तरमा पुगिसकेको छ, सरकारले उद्धारको निर्णय गर्न ढिलाइ गरे नेपालीहरूसंक्रमित हुनसक्ने सम्भावना छ ।’

नेपालीहरूलाई कोरोना संक्रमण नहुँदै स्वदेश फर्काउनु पर्छ भनेर आफूले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको नेपाली राजदूत डा. मिश्रले बताए । सरकारले बंगलादेशमा रहेका नेपाली स्वदेश फर्काउने निर्णय गरेको छैन ।

‘हामीले परराष्ट्र मन्त्रालयलाई दैनिक यहाँका नेपालीको विषयमा जानकारी दिइरहेका छौँ । परराष्ट्र मन्त्रीज्यू, शिक्षा मन्त्रीज्यू सबैसामु हामीले यहाँ रहेका नेपाली विद्यार्थीको समस्याको कुरा सुनाएका छौँ,’ नेपाली राजदूत डा. मिश्रले भने, ‘सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।’

बंगलादेशमा रहेका नेपाली विद्यार्थी र तिनका अभिभावकहरूले सरकारले हवाईजहाज पठाए त्यसको खर्च आफैले व्यहोर्ने वचन दिएका छन् ।

बंगलादेशमा उद्धारको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीहरु

नेपाली विद्यार्थीहरू आफ्नै खर्चमा फर्किन चाहेकाले पनि उनीहरूलाई स्वदेश फर्काउन सरकारलाई असहज नहुने नेपाली राजदूत डा. मिश्रको भनाइ छ । उनी भन्छन्, ‘यहाँ रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउँदा सरकारलाई आर्थिक भार पर्दैन । अनुमति दिए विद्यार्थीहरू आफ्नै खर्चमा फर्किने भनिरहेका छन् ।’

सरकारले फर्काउन अनुमति दिए नेपाली दूतावासले सहजीकरण गर्न सक्ने राजदूत डा. मिश्रले बताए । उनले भने, ‘विद्यार्थीका अभिभावकले नै स्वदेश फर्किएपछिको क्वारेन्टाइनको खर्च समेत आफैँ तिर्छाैं भनिरहेका छन् । सरकारले अनुमति दिए उनीहरूलाई फर्काउन गाह्रो छैन ।’

सरकारले निर्णय गरेको तीन दिनभित्र बंगलादेशमा रहेका नेपालीको उद्धार गर्न सक्ने डा. मिश्रले बताए । उनले भने, ‘सरकारले बंगलादेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेर, कोरोना परीक्षणको व्यवस्था गरेमा अभिभावकहरूले पनि सरकारलाई सहयोग गर्नेछन् ।’

ढाकास्थित नेपाली दूतावासमा कार्यरत अधिकारीहरू नै कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको राजदूत डा. मिश्रले बताए । ‘हामी परिवारसहित १० जना नेपाली दूतावासमा छौँ, अहिलेसम्म सुरक्षित छौँ तर हामी आफैँ पनि जोखिम महसुस गर्दैछौँ,’ डा. मिश्रले भने, ‘हामी त सुरक्षित हुने उपाय अपनाइरहेका छौँ तर नेपाली विद्यार्थीहरू हामीभन्दा धेरै जोखिममा हुनुहुन्छ ।’

बंगलादेशको ढाकास्थित नेपाली दूतावास

विद्यार्थीहरूले स्वदेश फर्किन पाए सरकारले तोकेको ठाउँमा क्वारेन्टाइनमा बस्न र कोरोना नियन्त्रयणको सेवामा काम गर्न तयार गरेको बताएका छन् ।

वल्र्ड मिटरका अनुसार बंगलादेशमा हालसम्म ११ हजार ७१९ जनामा कोरोना संक्रमण भएको छ भने १८६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : २६ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन