भोलि बिहानसम्म वर्षा हुने, सतर्क रहन मौसम विभागको आह्वान « Khabarhub

भोलि बिहानसम्म वर्षा हुने, सतर्क रहन मौसम विभागको आह्वान


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि बिहानसम्म नै वर्षा हुने भएकाले सतर्क रहन आह्वान गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले शुक्रबारदेखिको  वर्षा भोलि बिहानसम्म नै जारी रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रवारदेखि नै मुलुकभर वर्षा जारी रहेको छ । अहिले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

महाशाखाले विभिन्न स्थानमा मापन गरेको वर्षाको विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ७४.९ मिलिलिटरसम्म वर्षा भएको छ ।

यस्तै वीरेन्द्रनगरमा ३८.७, दिपायलमा २७.१, सिमरामा २०.९  र काठमाडौंमा १२.८ मिलिलिटर वर्षा भएको छ ।

प्रदेश १, २, बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षासँगै मेघगर्जन र चट्याङको पनि सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : २२ बजे

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

काठमाडौं– ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन

‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक सार्वजनिक, अर्थमन्त्रीले गरे विमोचन

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज सेजनले ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्‍लेको

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं- सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर