घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न डब्ल्युएचओको सुझाव « Khabarhub

घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न डब्ल्युएचओको सुझाव


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिएको छ ।

यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्युएचओले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्दै सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो ।

सार्वजनिक यातायात, बजार लगायतका भीडभाड हुने स्थानमा जाँदा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्युएचओले सुझाएको छ ।

डब्ल्युएचओको कोभिड–१९ सम्बन्धका प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यसबेला डब्ल्युएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : ५६ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको