कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

जेठ २१ गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

दमका बिरामी उनी श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि सुर्खेत गएका थिए । सुर्खेतबाट फर्केका उनी जेठ १९ गतेसम्म जगदुल्लास्थित आफ्नै घरमा होम क्वारेन्टाइन बसेका थिए ।

उनमा कोरोनाको लक्षण देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

लामो समयदेखि दमका रोगी उनी सुर्खेतबाट डोल्पा फर्कने क्रममा बाटोमै मौरे भन्ने ठाउँमा गम्भीर बिरामी परेका थिए । १८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो ।

आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो । मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।

उनको रिपोर्ट पोजिटिभ आएपछि ३ नम्बर वडा र गाउँपालिकालाई सिल गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायले बताए । उनको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण गरी रिपोर्ट नआएसम्म सिल गरिराख्ने अध्यक्ष रोकायले बताए ।

यसअघि सुर्खेतमा बिहीबार ज्यान गुमाएका २८ वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको थियो । क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए ।

त्यस्तै पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए । उनी भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो । उनको जेठ २० गते मंगालबार मृत्युभएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका र दोलखाका दोलखाका ७६ वर्षीय पुरुष गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  २ : ४८ बजे

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले