बाँकेमा संक्रमित संख्या २६७ पुग्यो « Khabarhub

बाँकेमा संक्रमित संख्या २६७ पुग्यो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा कोरोना संक्रमितहरुको संख्या २६७ पुगेको छ । शनिबार भेरी अस्पतालको प्रयोशालामा परिक्षणबाट पुष्टि भएका १२ जनासहित बाँकेमा संक्रमितको संख्या २६७ जना पुगेको हो ।

पछिल्लो समय भारतमा रहेका नेपालीहरु फर्किने क्रम बढेसंगै बाँकेमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । यसअघि गत बिहिबार मात्रै बाँकेका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एव कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा पछिल्लो समय एकैपटक एकै क्वारेन्टाइनमा संक्रमितहरु धेरै देखिने गरेको बताए । उनका अनुसार अहिले भेटिने संक्रमितहरु सबै रोजगारीमा भारत गएर फर्किएकाहरु हुन ।

नेपालीहरु फर्किने क्रमसंगै बाँकेमा क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेहरु क्षमताभन्दा बढि राखिएका कारण व्यवस्थापन गर्न गाह्रो भएको खटिएका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जिल्लाका बिभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइन सरकारले जारी गरेको मापदण्ड अनुसार समेत हुन नसकेको गुनासा सार्वजनिक भइरहेका छन् । स्थानीय तहले क्वारेन्टाइन निर्माणका लागि कोठा बाहेक बस्नेहरुका लागि आवश्यक पर्ने सामान्य बस्तु÷सामाग्रीहरुको समेत व्यवस्थापन गर्न सकेको छैन ।

एकातिर दुःखको कुरा भएपनि अर्कोतिर कोरोनासंगको लडाईमा जित्नेहरु बाँकेमा बढ्दै गएका छन् । गत बिहिबारसम्म कोरोनासंग जित्नेको संख्या २९ रहेको बाँकेमा शुक्रबार मात्रै २३ जनाले समेत कोरोना जितेका छन् भने आज शनिबार पनि दुई जनाले कोरोनासंगको लडाई जितेर फर्कदै छन् ।

शुक्रबार नेपालगञ्जको लायन्स डेन्टल आइसोलेशन सेन्टरमा रहेकाहरुमध्ये नरैनापुरका १२ जना र नेपालगञ्जका १ जनाको दोस्रो पिसिआर परिक्षण नतिजा नेगेटिभ आएपछि घर फर्काइएको छ भने आज शनिबार नेपालगञ्ज २ का एक जना स्वास्थ्यकर्मीसहित २ जना घर फर्किन लागेका छन् । जिल्लामा हालसम्म कोरोना जितेर फर्किनेहरु ४४ पुगेको छ । त्यस्तै नरैनापुरका एक युवाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : ०४ बजे

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि