विदेशमा भएका कामदारको उद्धार गर्ने जिम्मा रोजगारदातालाई नै दिऔं- पूर्वश्रम मन्त्री विष्ट | Khabarhub Khabarhub

विदेशमा भएका कामदारको उद्धार गर्ने जिम्मा रोजगारदातालाई नै दिऔं- पूर्वश्रम मन्त्री विष्ट


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदेशबाट कामदारको उद्धारमा रोजगारदातालाई नै जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

संसदमा शुरू भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा नेकपा सांसद विष्टले भने,‘अलपत्र कामदारलाई उद्धार गर्न रोजगारदाता र गन्तव्य देशलाई नै जिम्मेवारी बनाउनुपर्छ । यदि त्यो नभएमा मात्रै सरकारले देशभित्र ल्याउनुपर्छ ।’ उनले यो विषयलाई गम्भीरताका रुपमा लिनुपर्ने पनि बताए ।

वैदेशिक रोजगारीमा रहेको नेपाली कामदारलाई रोजगारदाताले नै सुरक्षित रुपमा स्वदेश फर्काउन सक्ने उनले बताए ।

कोरोनाका कारण झण्डै १६ लाख नेपाली बेरोजगार बन्ने अवस्था रहेको भन्दै उनले भने, ‘एकातिर नयाँ श्रम शक्तिको व्यवस्थापन र अर्कोतिर भइरहेको रोजगारबाट बाहिरिने संकट देखा परिरहेको छ । यसको व्यवस्थापन ज्यादै चुनौती भएकोले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेछ ।’

रोजगारी सिर्जना गर्न देशको आन्तरिक उत्पादनलाई संरक्षण गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : ४६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले