विदेशमा भएका कामदारको उद्धार गर्ने जिम्मा रोजगारदातालाई नै दिऔं- पूर्वश्रम मन्त्री विष्ट « Khabarhub

विदेशमा भएका कामदारको उद्धार गर्ने जिम्मा रोजगारदातालाई नै दिऔं- पूर्वश्रम मन्त्री विष्ट


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदेशबाट कामदारको उद्धारमा रोजगारदातालाई नै जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

संसदमा शुरू भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा नेकपा सांसद विष्टले भने,‘अलपत्र कामदारलाई उद्धार गर्न रोजगारदाता र गन्तव्य देशलाई नै जिम्मेवारी बनाउनुपर्छ । यदि त्यो नभएमा मात्रै सरकारले देशभित्र ल्याउनुपर्छ ।’ उनले यो विषयलाई गम्भीरताका रुपमा लिनुपर्ने पनि बताए ।

वैदेशिक रोजगारीमा रहेको नेपाली कामदारलाई रोजगारदाताले नै सुरक्षित रुपमा स्वदेश फर्काउन सक्ने उनले बताए ।

कोरोनाका कारण झण्डै १६ लाख नेपाली बेरोजगार बन्ने अवस्था रहेको भन्दै उनले भने, ‘एकातिर नयाँ श्रम शक्तिको व्यवस्थापन र अर्कोतिर भइरहेको रोजगारबाट बाहिरिने संकट देखा परिरहेको छ । यसको व्यवस्थापन ज्यादै चुनौती भएकोले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेछ ।’

रोजगारी सिर्जना गर्न देशको आन्तरिक उत्पादनलाई संरक्षण गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : ४६ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६